Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

पश्चिमी वायुको प्रभाव : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश,लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहि र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरेे भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा पनि भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू‍-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

आज राती कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहेको छ। कर्णाली प्रदेश लगायत देशका पहाडी भू‍-भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?