Trending
>>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता >>   सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

एकले अर्कोको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुँदैनः अर्थमन्त्री पौडेल


काठमाडौं।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले एकले अर्काको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने बताउनु भयो । उहाँले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताउनु भयो । सरकार र निर्माण व्यवसायी बीचको सम्बन्ध ट्रयाक भन्दा बाहिर जान दिनु नहुने बताउनु भयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले वास्तविकतालाई बुझेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले बजेट वितरणमा धेरै समस्या रहेको बताउनु भयो । बिना अध्ययन र तयारीका आयोजनाहरुबाट देश बन्न नसक्ने बताउनु भयो । बजेट वितरण प्रणालीमा निर्णायक सुधारको जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो ? अथवा कस्तो सम्बन्ध हामीले विकसित गरेर जानुपर्ने हो ? हामी नदीका दुई किनारा हौँ ? एकले अर्काको बिरोध गरेर हाम्रा अभिभारा पूरा हुन्छन् । हाम्रो साझा अभिभारा छैन ? म यहाँहरुसँग के आग्रह गर्न चाहन्छु भने हामी नदीका दुई किनारा होइनौँ । हाम्रा साझा अभिभाराहरु छन् । हामी फरक ठाउँमा रहेर राष्ट्र निर्माणको साझा जिम्मेवारी वहन गर्दैछौँ । हामी सरकारमा छाँै, यहाँहरु निर्माण व्यवसायीका रुपमा हुनुहुन्छ, तर हामी दुवैको साझा जिम्मेवारी राष्ट्र निर्माण हो । राष्ट्र निर्माणको वृहत अभिलाषा पूरा गर्नको निम्ति हामी फरक फरक ठाउँमा छौँ र फरक फरक ठाउँमा रहेर राष्ट्र निर्माणको अभिभारा पूरा गर्दैछौँ । व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हो । पानी  र माछाको जस्तो सम्बन्ध हो । ढुंगा र माटोको जस्तो सम्बन्ध हो । यस रुपमा हाम्रो बीचको सम्बन्ध बुझ्नुपर्छ । हामी बीचको सम्बन्धमा कहीँ कतै भिन्न प्रवृत्ति देखिन खोजेको छ, हाम्रो सम्बन्ध डिरेल हुन खोजेको छ, ट्रयाक भन्दा बाहिर जान खाजेको छ भने फेरि फर्काएर यहीँ ल्याउनुपर्छ ।’


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?