Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

एकले अर्कोको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुँदैनः अर्थमन्त्री पौडेल


काठमाडौं।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले एकले अर्काको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने बताउनु भयो । उहाँले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताउनु भयो । सरकार र निर्माण व्यवसायी बीचको सम्बन्ध ट्रयाक भन्दा बाहिर जान दिनु नहुने बताउनु भयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले वास्तविकतालाई बुझेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले बजेट वितरणमा धेरै समस्या रहेको बताउनु भयो । बिना अध्ययन र तयारीका आयोजनाहरुबाट देश बन्न नसक्ने बताउनु भयो । बजेट वितरण प्रणालीमा निर्णायक सुधारको जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो ? अथवा कस्तो सम्बन्ध हामीले विकसित गरेर जानुपर्ने हो ? हामी नदीका दुई किनारा हौँ ? एकले अर्काको बिरोध गरेर हाम्रा अभिभारा पूरा हुन्छन् । हाम्रो साझा अभिभारा छैन ? म यहाँहरुसँग के आग्रह गर्न चाहन्छु भने हामी नदीका दुई किनारा होइनौँ । हाम्रा साझा अभिभाराहरु छन् । हामी फरक ठाउँमा रहेर राष्ट्र निर्माणको साझा जिम्मेवारी वहन गर्दैछौँ । हामी सरकारमा छाँै, यहाँहरु निर्माण व्यवसायीका रुपमा हुनुहुन्छ, तर हामी दुवैको साझा जिम्मेवारी राष्ट्र निर्माण हो । राष्ट्र निर्माणको वृहत अभिलाषा पूरा गर्नको निम्ति हामी फरक फरक ठाउँमा छौँ र फरक फरक ठाउँमा रहेर राष्ट्र निर्माणको अभिभारा पूरा गर्दैछौँ । व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हो । पानी  र माछाको जस्तो सम्बन्ध हो । ढुंगा र माटोको जस्तो सम्बन्ध हो । यस रुपमा हाम्रो बीचको सम्बन्ध बुझ्नुपर्छ । हामी बीचको सम्बन्धमा कहीँ कतै भिन्न प्रवृत्ति देखिन खोजेको छ, हाम्रो सम्बन्ध डिरेल हुन खोजेको छ, ट्रयाक भन्दा बाहिर जान खाजेको छ भने फेरि फर्काएर यहीँ ल्याउनुपर्छ ।’


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?