Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

धरहरा चढ्न दुई सय रुपियाँ शुल्क


ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिनको लागि आवश्यक अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई कुनैपनि असर नपर्नेगरी अध्ययन गरेर निष्कर्ष निकाल्ने र सोहीअनुसार अघि बढ्ने निर्णय भएको बताउनु भयो । धरहराको बेसमेन्ट पार्किङको व्यवस्थापन समेत काठमाडौं महानगरपालिकालाई दिने निर्णय छलफलले गरेको छ । महानगरपालिकाले न्युरोड क्षेत्रलाई नो पार्किङ जोन घोषणा गरी कार्यान्वयन गरिरहेको अवस्थामा धरहरामा निःशुल्क पार्किङको सुविधा गर्ने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ । उहाँले भन्नुभयो, ‘धरहरालाई काठमाडौं महानगरलाई हस्तान्तरण गर्नुपर्छ भन्ने माग हामीले गर्दै आइरहेका छौँ । पहिले पनि धरहराको व्यवस्थापन तथा सञ्चालन काठमाडौं महानगरपालिकाले नै गर्दै आइरहेको हो । अहिले स्थानीय सरकारको रुपमा धरहरा व्यवस्थापन र सञ्चालन काठमाडौं महानगरपालिकाले गर्छ र त्यसका लागि तत्पर छ । आजको बैठकमा पनि यो अनुरोध रह्यो । धरहरा महानगरलाई हस्तान्तरण गर्ने प्रक्रिया र त्यसको सञ्चालनको बारेमा अध्ययन गर्नको लागि समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । अर्को महत्वपूर्ण कुरा, न्यूरोड आफैंमा एउटा कमर्सियल एरिया हो । यहाँ धेरै व्यवसायहरु चलिरहेको छ । त्यहाँ अहिले पार्किङ सडकमा गर्न पाइदैन भन्ने छ । त्यसको कार्यान्वयन पनि भइरहेको छ । हामीले नगर त भन्यौँ तर विकल्प दिन सकिरहेका छैनौँ । त्यसको महत्वपूर्ण विकल्प भनेको धरहराको अण्डरग्राउण्ड पार्किङ रहेको छ ।’ उहाँले धरहराको व्यवस्थापन र हस्तान्तरण काठमाडौं महानगरपालिकालाई दिइए महानगरको आन्तरिक राजश्व बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

काठमाडौँ। परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न आज देखि स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपियाँ रकम तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ को अनुसार सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक अन्य राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १०००रकम निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको जानकारी दिएको छ ।

यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार शुल्क निर्धारण गरिएको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?