Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

एकै परिवारका तीन जना आफ्नै कोठाभित्र मृत फेला


काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एक परिवारका तीन जना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका-३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका हुन् ।

कान्छा नगरकोटीकी श्रीमती सीता दंगाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिने छोरा आफ्नै कोठाभित्र मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

कान्छा नगरकोटीले यही कात्तिक १६ गतेदेखि हराइरहेको भन्दै आज दिउँसो प्रहरीवृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए । सोही आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले अपराह्न घरको कोठाभित्रै उनीहरू मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले उल्लेख गरे । प्रहरीवृत्त बौद्ध र प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिए ।


प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?