Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अंकले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव ८३ मा आएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ०८ अंकले ओरालो लागेर चार सय ८३ दशमलव ६९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

आजको कारोबारमा कुल एक करोड ५३ लाख ६२ हजार दुई सय छ कित्ता शेयर रु. सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ४९ मूल्यमा खरिदबिक्री भएको छ । नेप्सेका अनुसार सप्तकोसी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स नौ दशमलव ९९, समृद्धि फाइनान्स नौ दशमलव ९९ र मक्कर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्यमा नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।

आजको कारोबारमा कुथेली बुखरी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ । समाज लघुवित्त चार दशमलव ९३ प्रतिशत, एनएलजी इन्सुरेन्स चार दशमलव ०४ प्रतिशत र बुटवल पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ६३ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?