Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

हिन्दुकुश क्षेत्रका वातावरण मन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही


बाकु (अजरबैजान) । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले हिन्दकुश क्षेत्रको प्राकृतिक वातावरण, सांस्कृतिक विविधता र आर्थिक प्रणालीलाई ध्यानमा राखेर जलवायु अनुकूलनका क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय योजना कार्यान्वयन गरिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप-२९) सम्मेलनका क्रममा भूटानद्वारा आज यहाँ आयोजित वातावरण मन्त्रीको बैठकमा उनले त्यसका लागि हिन्दुकुश हिमालयन क्षेत्रका वातावरण मन्त्रीको साझा मञ्च बनाउन उपयुक्त हुने धारणा व्यक्त गरे ।

मन्त्री शाहीले भने, “जलवायु परिवर्तन विरुद्धको लडाईमा क्षेत्रीय हातोमालोका साथै विश्वव्यापी साझेदारीका लागि सबैसँग अनुरोध गर्दछु ।”

हिमताल विष्फोटन हुँदा हिमाली गाउँ थामे बगाएको तथा एक महिनाअघि नेपालमा आएको बाढी पहिरोबाट दुई सय ५० भन्दा बढी मानिसको मृत्यु भएको घटना प्रस्तुत गर्दै उनले जलवायु परिवर्तनबाट हाम्रो जस्तो पर्वतीय मुलुकमा कति हानी नोक्सानी पुग्दो रहेछ भन्ने उदारणकारूपमा ती दुवै घटनालाई लिन सकिने बताए ।

मन्त्री शाहीले भने, “हिन्दकुश हिमालयन क्षेत्रमा रहेको नेपाल एउटा पर्वतीय देश हो, संसारकै अग्लो सगरमाथालगायत आठ हजार मिटरभन्दा अग्ला वर्षैभर हिउँले ढाकिएका पर्वत यहाँ छन्, जुन जलवायु परिवर्तनले उच्च जोखिममा छन् ।”

हिन्दकुश पर्वतीय क्षेत्र जलवायु परिवर्तनका हिसाबले संसारकै जोखिमयुक्त क्षेत्रमा पर्ने बताउँदै मन्त्री शाहीले यो पर्वतीय भू–भागले संसारका झण्डै एकचौथाई मानव समुदायलाई पानी, जैविक विविधतालगायत वातावरणीय सेवा प्रदान गरिरहेको जानकारी गराए ।

भूटानका प्रधानमन्त्री प्रमुखको आतिथ्यमा भएको उक्त बैठकमा नेपाल, पाकिस्तान, बांङ्लादेश, भुटान, काजकिस्तान, चीन र भारतलगायतका हिन्दकुश क्षेत्रका मुलुकका वातावरण मन्त्रीको सहभागिता थियो ।


प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?