Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

विश्व शान्तिका लागि वैदिक र आधुनिक विज्ञानलाई सँगै लैजानुपर्छ : खिलराज रेग्मी


काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विश्व शान्ति, समृद्धि र विकासका लागि वैदिक विज्ञान र आधुनिक विज्ञानलाई एकसाथ लैजानुपर्नेमा जोड दिएका छन् ।

नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनको दोस्रो दिनको कार्यक्रमलाई आज भृकुटीमण्डपमा सम्बोधन गर्दै उनले वैदिक विज्ञान विना आधुनिक विज्ञान अधुरो हुने बताए । योग, यज्ञ र ध्यानका माध्यमबाट विश्व शान्ति, समृद्धि र विकासमा सहयोग पुग्ने भनाइ पूर्वअध्यक्ष रेग्मीले राखेका थिए ।

महर्षि महेश योगीले पनि ५० वर्षअघि नेपाल आउँदा हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्वलाई शान्तिको सन्देश दिन सक्ने उद्घोष गरेको उल्लेख गर्दै उनले त्यसलाई साकार बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।

फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले योग, यज्ञ र ध्यानका माध्यमबाट नै विश्व शान्ति, समृद्धि र विकास हुनसक्छ भन्ने महर्षिको वचनलाई आधुनिक विज्ञानले पनि प्रमाणित गरेकाले वैदिक र आधुनिक विज्ञानको सम्मेलन गरिएको जानकारी दिए ।

प्रा. डा. दीर्घराज घिमिरेले उग्रताको शयन गर्न सक्ने शक्ति वैदिक मन्त्रमा हुने उल्लेख गर्दै त्यसका माध्यमबाट आधुनिक विज्ञानले पनि लाभ लिएको बताए । वैदिक दर्शनमा उल्लेख गरिएको ३३ करोड देवतामध्ये रुद्र जेठो भएको उल्लेख गर्दै उनले तिनै रुद्र भगवान्लाई खुसी पार्न गरिने यज्ञ नै रुद्री भएको बताए ।

महर्षि नेपाल आएको स्वर्ण महोत्सवका अवसरमा महासम्मेलनसँगै विश्व कल्याणका लागि अतिरुद्री विराट महायज्ञ पनि आयोजना गरिएको छ । बिहीबारदेखि सुरु भएको महायज्ञ कात्तिक २५ गते सकिने फाउन्डेसनले जनाएको छ । महायज्ञमा भावातीत ध्यान र सिद्धि साधना गरिरहेका एक हजार १११ वैदिक पण्डितले रुद्राभिषेक गरिरहेका छन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?