Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

पुस्तकालय हाेइन आइडिया सेन्टर


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। यसबीच शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा शर्माले थापाको राजीनामाबारे जानकारी गराउनेछन् भने निर्वाचन पराजयको प्रारम्भिक समीक्षा पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। पार्टीभित्र भने थापाको राजीनामा अस्वीकृत गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। नेताहरूले पराजयको कारण व्यक्तिभन्दा पनि छोटो तयारीमा चुनावमा होमिनु भएको निष्कर्षसहित राजीनामा नमान्ने प्रस्ताव ल्याउने तयारी गरेका छन्। निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३८ सिट मात्रै जित्दै दोस्रो स्थानमा सीमित भएको छ।

गगन थापा

पार्टी कार्यालयमा रहेको पुस्तकालय साथै पार्टी स्रोत केन्द्र जसलाई हामीले पुस्तकालय मात्र नभएर एउटा आइडिया सेन्टरका रूपमा प्रयोग गर्दै आइरहेका छौं। यहाँ हामी शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विविध विषयहरूमा संवाद, छलफल तथा अन्तरक्रिया गर्छौं। हामी यहाँ हाम्रा राज्य-प्रशासन देखी साना-ठुला सरोकार र समस्याहरु बारे बुझ्ने, समाधान खोज्ने प्रयास गर्छौं।

यही क्रममा “कहाँबाट आउँछन् योजना” बाट सुरु भएको पूर्वाधार मीमांसाको तेस्रो संस्करणमा हामीले ‘सडकको दुखान्त’ शीर्षकमा विज्ञहरूका कुरा सुन्यौँ। नेपालमा पूर्वाधार किन समयमा बन्दैनन्, र बनेमा पनि किन टिकाउ बन्दैनन् भन्ने विषयमा छलफल गर्न – नेपाल सरकारका पूर्व सचिव इन्जिनियर अर्जुन थापा , नेपाल नगरपालिका सङ्घ का अध्यक्ष भीम ढुङ्गाना , आइ ओ इ का ट्रान्सपोर्टेसन विभाग प्रमुख उप प्राध्यापक इन्जिनियर अनिल मरासिनी ले सडक पूर्वाधार का विविध आयाम माथि आफ्ना दृष्टिकोण राख्नु भयो।

मिमांशाको यो क्रम निरन्तर जारी रहने छ। यस्ता छलफल र छलफल बाट प्राप्त विषय हाम्रो पार्टीका पुँजी हुन। यो सबै प्रक्रिया विभिन्न तहको सरकारमा बसेर काम गरिरहेका हामी जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वलाई राज्य प्रशासन संचालन गर्ने, निति नियम बनाउने क्रममा उपयोगी भएको छ।


प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?