Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियालाई प्रतिबन्ध


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।

उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “आइतबारदेखि (कात्तिक ११ देखि चैत २४ सम्म) सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरिएको छ । तत्कालका लागि उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको छ ।”


प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?