Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास


काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास भएको टिप्पणी गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै कानुनी प्रक्रियाको कारबाही चलिरहँदा पोखरामा दबाबमूलक कार्यक्रम गरेर अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास र अविश्वास प्रदर्शित गर्नु भएको उनको टिप्पणी छ ।

‘संविधानको धारा १७ को संवैधानिक हकको निर्बाध उपयोगको अधिकार प्रत्येक व्यक्ति वा संस्थाहरूको अक्षुण्ण अधिकार हो। तर प्रतिबन्धात्मक खण्डले अदालतको मानहानीलाई निषेध गरेको छ भने अदालतका कार्यमा अनावश्यक प्रभाव पार्ने कार्य गर्नु हुँदैन भन्ने हेक्का पनि त्यत्तिकै राख्नु जरुरी छ। किनकि यो विधि र प्रक्रिया माथिको अनावश्यक हस्तक्षेप हो’, केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

रविले सहकारी छानबिन प्रकरणमा अदालतमाथि विश्वासको अभिव्यक्ति दिएपनि सँगसँगै पोखरामा देशभरका कार्यकर्तालाई जम्मा गरेर गरिएको आन्दोलन गर्नु गलत भएको उनको भनाइ छ । यसअघिको पनि यस्ता धेरै थुनछेकका घटनाहरू भएको उल्लेख गर्दै केसीले त्यतिबेला अदालती प्रक्रियामा दबाब दिने काम नभएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?