Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास


काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास भएको टिप्पणी गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै कानुनी प्रक्रियाको कारबाही चलिरहँदा पोखरामा दबाबमूलक कार्यक्रम गरेर अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास र अविश्वास प्रदर्शित गर्नु भएको उनको टिप्पणी छ ।

‘संविधानको धारा १७ को संवैधानिक हकको निर्बाध उपयोगको अधिकार प्रत्येक व्यक्ति वा संस्थाहरूको अक्षुण्ण अधिकार हो। तर प्रतिबन्धात्मक खण्डले अदालतको मानहानीलाई निषेध गरेको छ भने अदालतका कार्यमा अनावश्यक प्रभाव पार्ने कार्य गर्नु हुँदैन भन्ने हेक्का पनि त्यत्तिकै राख्नु जरुरी छ। किनकि यो विधि र प्रक्रिया माथिको अनावश्यक हस्तक्षेप हो’, केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

रविले सहकारी छानबिन प्रकरणमा अदालतमाथि विश्वासको अभिव्यक्ति दिएपनि सँगसँगै पोखरामा देशभरका कार्यकर्तालाई जम्मा गरेर गरिएको आन्दोलन गर्नु गलत भएको उनको भनाइ छ । यसअघिको पनि यस्ता धेरै थुनछेकका घटनाहरू भएको उल्लेख गर्दै केसीले त्यतिबेला अदालती प्रक्रियामा दबाब दिने काम नभएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?