देश ठीक ठाक चलिरहेको थियो । टिभीमा कराउने एउटा केटो सबै छोडेर राजनितीमा लाग्यौ । पार्टी खोलेको केही समयमै राष्ट्रिय दलको रुपमा चौथो दल बनाएर जनताले उभ्याए । चितवनका जनताले दुई दुई पटक अत्यधिक भोट् सहित जिताए । संसद हुँदै उपप्रधान सहित गृहमन्त्री बन्यौ । पुराना दलका भ्रष्ट्र नेतालाई जेल कोच्छु भन्दै संसदमा बोलीरह्यौ । मिलिरहेको देश बिगार्ने ? जागिरे जीवनमा साहुले ल्याएको पैसामा चेक साइन गरेर कर्मचारीलाई पैसा दिने ? ‘तेरो अपराध ?’ अब हेर ‘रवि’ जेल नकोची देश नबन्ने भयो ।
न टिभीमा कराउदा असल ‘पत्रकार’ हुन सकिस्
न सांसदमा उभिएर असल राजनीतिज्ञ बन्न सकिस्
भयो छोड् तेरो कारण देश
बिग्रियो
सकियो
भो भो
भै गो देशका लागि ‘आहुती’ दे रवि —-
प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार