Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

राज्यको यो दादागिरि डटेर सामना गर्न साथ दिनुहोला


  • रवि लामिछाने

यदी उनीहरुले जस्तै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला । हामीले यो अप्ठ्यारो महसुुस गर्नुपर्थेन होला । हामीले कुनै पनि सम्झौता गरेनौँ । म सरकारको बाध्यता बुझ्छु । मर्लाई थाहा छ जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो त्यसै दिन रविदाई जसरी पनि हामी जेल कोच्छौँ, चिन्ता नगर्नुस भन्ने सम्झौता उहाँहरुले गर्नुभएको सूचना मसँग छ ।

मलाई केहि चिन्ता छैन । व्यक्तिका रुपमा मैले पाउनुपर्ने धेरै चिज पाईसकेको छु । तर, अभियानका रुपमा जब देशले एउटा आशा र भरोशा खोज्दै गरेको देखियो । त्यो आशा र भरोशामाथि जुन प्रहार भएको छ त्यो प्रहारलाई सामना गर्नेछौँ । कुनै पनि किसिमको न्यायिक जाँच दिनको लागि,अदालति प्रकृयालाई सम्मान गर्न चाहन्छु ।तर,यो राजनीतिक पूर्वाग्रहका विरुद्ध खुलेर लड्नका निमित्त म अपिल गर्दछु । म सम्मानित अदालतप्रति आशा राख्दछु,विश्वास राख्दछु ।

भन्नतः यहाँ अदालत पनि मिलाँउला तलाई कहाँ छाडौँला र तलाई चुनावै लड्न नसक्ने नबनाई र तेरो पार्टी नै नफुटाई कहाँ छाडौँला र भन्ने प्रतिशोधका साथ पनि मान्छेहरु लागेका छन् भन्ने मलाई थाहा छ । तर,यी सबै यी सबै बीच सामना गर्ने साहस बोकेर हामी उभिएका छौँ । म व्यक्तिका रुपमा तपाँईहरुलाई व्यक्तिका रुपमा साथ दिनुहोस भनेर म अपिल गर्न चाँहन्न । तर, अभियानका रुपमा नेपाली जनताले देखेको यो सपनालाई साथ दिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।

मैले कुनै पनि किसिमको अपराध गरेको छैन । अपराध नगर्दा पनि राज्यले सम्पूर्ण स्रोत लगाएर, सम्पूर्ण शक्ति लगाएर यो कार्य गरेको छ यसलाई नेपाली नागरिकले हेरेका छन भन्ने मैले विश्वास गरेको छु । तरपनि, म न्यायिक प्रकृयामा सघाउने एउटा सचेत नागरिक भएको हुनाले म त्यसमा प्रतिवद्ध छु । राज्यले गरेको यो दादागिरिलाई डटेर सामना गर्नको निमित्त साथ दिनुहोला ।

गिरफ्तारीअघि कार्यकर्तालाई रवि लामिछानेको सम्बोधन


प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?