Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

राज्यको यो दादागिरि डटेर सामना गर्न साथ दिनुहोला


  • रवि लामिछाने

यदी उनीहरुले जस्तै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला । हामीले यो अप्ठ्यारो महसुुस गर्नुपर्थेन होला । हामीले कुनै पनि सम्झौता गरेनौँ । म सरकारको बाध्यता बुझ्छु । मर्लाई थाहा छ जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो त्यसै दिन रविदाई जसरी पनि हामी जेल कोच्छौँ, चिन्ता नगर्नुस भन्ने सम्झौता उहाँहरुले गर्नुभएको सूचना मसँग छ ।

मलाई केहि चिन्ता छैन । व्यक्तिका रुपमा मैले पाउनुपर्ने धेरै चिज पाईसकेको छु । तर, अभियानका रुपमा जब देशले एउटा आशा र भरोशा खोज्दै गरेको देखियो । त्यो आशा र भरोशामाथि जुन प्रहार भएको छ त्यो प्रहारलाई सामना गर्नेछौँ । कुनै पनि किसिमको न्यायिक जाँच दिनको लागि,अदालति प्रकृयालाई सम्मान गर्न चाहन्छु ।तर,यो राजनीतिक पूर्वाग्रहका विरुद्ध खुलेर लड्नका निमित्त म अपिल गर्दछु । म सम्मानित अदालतप्रति आशा राख्दछु,विश्वास राख्दछु ।

भन्नतः यहाँ अदालत पनि मिलाँउला तलाई कहाँ छाडौँला र तलाई चुनावै लड्न नसक्ने नबनाई र तेरो पार्टी नै नफुटाई कहाँ छाडौँला र भन्ने प्रतिशोधका साथ पनि मान्छेहरु लागेका छन् भन्ने मलाई थाहा छ । तर,यी सबै यी सबै बीच सामना गर्ने साहस बोकेर हामी उभिएका छौँ । म व्यक्तिका रुपमा तपाँईहरुलाई व्यक्तिका रुपमा साथ दिनुहोस भनेर म अपिल गर्न चाँहन्न । तर, अभियानका रुपमा नेपाली जनताले देखेको यो सपनालाई साथ दिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।

मैले कुनै पनि किसिमको अपराध गरेको छैन । अपराध नगर्दा पनि राज्यले सम्पूर्ण स्रोत लगाएर, सम्पूर्ण शक्ति लगाएर यो कार्य गरेको छ यसलाई नेपाली नागरिकले हेरेका छन भन्ने मैले विश्वास गरेको छु । तरपनि, म न्यायिक प्रकृयामा सघाउने एउटा सचेत नागरिक भएको हुनाले म त्यसमा प्रतिवद्ध छु । राज्यले गरेको यो दादागिरिलाई डटेर सामना गर्नको निमित्त साथ दिनुहोला ।

गिरफ्तारीअघि कार्यकर्तालाई रवि लामिछानेको सम्बोधन


प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?