Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

राष्ट्रपति पौडेल सुर्खेतमा


सुर्खेत । बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् ।

आज अपराह्न यहाँ पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली काँग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए । उनी बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन् । राष्ट्रपति बिहीबार नै काठमाडौँ फर्किनेछन् ।


प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?