Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं । सर्लाही, चन्द्रनगर गाउँपालिका-२ बबरगंज चौरस्थित सोही गाउँपालिका-३ कामदटोल बस्ने नथुनि मुखिया बिनको माछाको दाना राख्ने कच्ची घरमा गए राति आगलागी हुँदा घर तथा घर भित्र रहेको माछाको दाना ३ सय ७० बोरा, मोटरसाइकल १ थान, पानी तान्ने मोटर २ थान, माछा मार्ने जाल लगायतका सामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१८ पाखा गाउँस्थित सिराहा घर भएका निश्चल थापाको टहरोमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा टहरो पूर्णरूपमा जलेर करिब ५ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङ, लमही नगरपालिका-९ अमिलियास्थित सडक छेउमा पार्किङ गरी राखिएको रा.१ त ३७७५ नम्बरको ट्याक्टरमा गए राति आगलागी हुँदा ट्याक्टरको अगाडीको भाग जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?