Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं । सर्लाही, चन्द्रनगर गाउँपालिका-२ बबरगंज चौरस्थित सोही गाउँपालिका-३ कामदटोल बस्ने नथुनि मुखिया बिनको माछाको दाना राख्ने कच्ची घरमा गए राति आगलागी हुँदा घर तथा घर भित्र रहेको माछाको दाना ३ सय ७० बोरा, मोटरसाइकल १ थान, पानी तान्ने मोटर २ थान, माछा मार्ने जाल लगायतका सामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१८ पाखा गाउँस्थित सिराहा घर भएका निश्चल थापाको टहरोमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा टहरो पूर्णरूपमा जलेर करिब ५ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङ, लमही नगरपालिका-९ अमिलियास्थित सडक छेउमा पार्किङ गरी राखिएको रा.१ त ३७७५ नम्बरको ट्याक्टरमा गए राति आगलागी हुँदा ट्याक्टरको अगाडीको भाग जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?