Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

जुवातास खेलिरहेको २१ जना पक्राउ !


काठमाडौं । महोत्तरी, बर्दिबास नगरपालिका-१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ तामाङटोल बस्ने २१ वर्षीय कर्म तामाङ समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ४ सय ३० रूपैयाँ, ११ बुक तास र ९ थान मोबाइल सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-२ हिमाल चोक बस्ने ४० वर्षीय उज्वल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा उज्वल समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१३ डुम्मार गाउँ बस्ने १९ वर्षीय भुपेन्द्र वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा भुपेन्द्र समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार रूपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?