Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

लागूऔषध सहित तीन जना पक्राउ


काठमाडौं । दार्चुला, महाकाली नगरपालिका-४ राधाकृष्ण चोकस्थित पारस वियर बार एण्ड फाष्ट फुड होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थान सहित होटल संचालक दुहुँ गाउँपालिका-२ हिकिला बस्ने ४४ वर्षीय कलम सिंह डडाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१४ तिनकुने चोक बस्ने २० वर्षीय सरोज सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका-१४ पुष्पाञ्जली टोल बस्ने ३० वर्षीया मन कुमारी सुनारसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात उनको घर तलासी गर्दा नगद १ लाख १३ हजार १ सय ६० रूपैयाँ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?