Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति


भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ । २०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थाको रूपमा रूपान्तरण भएको थियो । समुदायमा नै आधारित हुँदै बचत गर्दै आएको तौडोलछाप सहकारीमा आएको विषम परिस्थितिमा पनि नाफामा गएको सहकारीले जानकारी दिएको छ ।

आफ्नो १५ औँ साधारण सभाका अवसरमा सहकारीले यो वर्ष १९ लाख ६ हजार ३ सय ९५ रुपैंया खुद नाफा गरेको सहकारीका कार्यवाहक व्यवस्थापक सन्जिब थापाले जानकारी दिनुभएको छ । देश भर सहकारीमा समस्या आएको समयमा तौडोलछापले भने अघिल्लो वर्ष र यो वर्ष नै नाफामा गएको हो उहाँले बताउनुभयो । सहकारी अघिल्लो वर्ष १३ लाख ८१ हजार ४ सय १६ रुपैंया नाफामा गएको थापाले जानकारी दिनुभयो ।

सहकारी देश डुबेर समस्या ग्रस्त भएको समयमा पनि नाफा कमाउन सक्नु भनेको सहकारी प्रतिको बचत कर्ताको विश्वास भएको साधारण सभाका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो । उहाँले सहकारी नाफामा जानुमा सञ्चालक समितिको मिहेनत तथा बचत कर्ताको विश्वास नै भएको बस्नेतले बताउनुभएको थियो ।

यस्तै सहकारीका अध्यक्ष दिपेन्द्र थापाले सहकारीले बचत भन्दा पनि सहकारीका बचत कर्ताको निक्षेप सुरक्षणमा ध्यान दिने गरेको बताउनुभएको थियो । यस्तै उहाँले सहकारीको आगामी लक्ष्य भनेको आफ्नो जग्गा खरिद गरी भवन बनाउने रहेको समेत बताउनुभएको थियो ।

साधारण सभाको क्रममा सहकारीका विभिन्न बचत कर्ताहरूलाई सम्मान समेत गरिएको थियो । जसमा तौडोलछाप विशेष बचत कर्ता सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, वृद्ध बचत कर्ता सम्मान, उत्कृष्ट नारी बचत कर्ता सम्मान गरेको थियो । यस्तै सहकारीको साधारण सभामा आयोजित रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान समेत गरेका थिए ।

देश भर लगातारको वर्षाका कारणले भएको बाढी पहिरो प्रभावितका लागि सहकारीले ५० हजार सहयोग प्रदान गरेको छ । सामुदायिक कोष अन्तर्गत वडा अध्यक्ष मार्फत सहकारीले ५० हजार सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?