Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति


भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ । २०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थाको रूपमा रूपान्तरण भएको थियो । समुदायमा नै आधारित हुँदै बचत गर्दै आएको तौडोलछाप सहकारीमा आएको विषम परिस्थितिमा पनि नाफामा गएको सहकारीले जानकारी दिएको छ ।

आफ्नो १५ औँ साधारण सभाका अवसरमा सहकारीले यो वर्ष १९ लाख ६ हजार ३ सय ९५ रुपैंया खुद नाफा गरेको सहकारीका कार्यवाहक व्यवस्थापक सन्जिब थापाले जानकारी दिनुभएको छ । देश भर सहकारीमा समस्या आएको समयमा तौडोलछापले भने अघिल्लो वर्ष र यो वर्ष नै नाफामा गएको हो उहाँले बताउनुभयो । सहकारी अघिल्लो वर्ष १३ लाख ८१ हजार ४ सय १६ रुपैंया नाफामा गएको थापाले जानकारी दिनुभयो ।

सहकारी देश डुबेर समस्या ग्रस्त भएको समयमा पनि नाफा कमाउन सक्नु भनेको सहकारी प्रतिको बचत कर्ताको विश्वास भएको साधारण सभाका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो । उहाँले सहकारी नाफामा जानुमा सञ्चालक समितिको मिहेनत तथा बचत कर्ताको विश्वास नै भएको बस्नेतले बताउनुभएको थियो ।

यस्तै सहकारीका अध्यक्ष दिपेन्द्र थापाले सहकारीले बचत भन्दा पनि सहकारीका बचत कर्ताको निक्षेप सुरक्षणमा ध्यान दिने गरेको बताउनुभएको थियो । यस्तै उहाँले सहकारीको आगामी लक्ष्य भनेको आफ्नो जग्गा खरिद गरी भवन बनाउने रहेको समेत बताउनुभएको थियो ।

साधारण सभाको क्रममा सहकारीका विभिन्न बचत कर्ताहरूलाई सम्मान समेत गरिएको थियो । जसमा तौडोलछाप विशेष बचत कर्ता सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, वृद्ध बचत कर्ता सम्मान, उत्कृष्ट नारी बचत कर्ता सम्मान गरेको थियो । यस्तै सहकारीको साधारण सभामा आयोजित रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान समेत गरेका थिए ।

देश भर लगातारको वर्षाका कारणले भएको बाढी पहिरो प्रभावितका लागि सहकारीले ५० हजार सहयोग प्रदान गरेको छ । सामुदायिक कोष अन्तर्गत वडा अध्यक्ष मार्फत सहकारीले ५० हजार सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?