Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

तनहुँ कारागारमा कैदी बन्दीको उपचारमा समस्या


तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदी बन्दीको उपचारमा समस्या भएको छ। कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदी बन्दीको उपचारमा समस्या भएको हो।

स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो। स्वास्थ्यकर्मीविहीन हुँदा कैदी बन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। ‘कैदी बन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छु, उनले भने। कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताए। कारागारमा कैदी बन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ।

जिल्लामा डेङ्गीको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदी बन्दी समेत यसबाट बढी सङ्क्रमित हुने अवस्था रहेको छ। तनहुँ कारागारको ब्लक ‘ए’ मा एक सय ३२, ब्लक ‘बी’ मा एक सय ७३ र ब्लक ‘सी’ मा २६ कैदी बन्दी रहेका छन्।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?