Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

देश अनुसार टीका लाउने साइत, कुन देशमा कति बजे?


काठमाडाैं । नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देवी विसर्जन तथा दसैँको टीकाको साइत सार्वजनिक गर्दै आएका छन् । नेपालको समयअनुसार देवी विसर्जनको साइत शनिबार (२६ असोज) बिहान ८:३३ मा तथा टीकाको उत्तम साइत सोही दिन बिहान ११:३६ मा छ ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत कुन देशमा कति बजे छ भनेर पनि जानकारी दिएको छ । अधिकांश देशमा १२ अक्टोबर र केहीमा १३ अक्टोबरमा दसैँ पर्छ । १२ अक्टोबरमा भारतमा ११:४२ तथा अमेरिकाको न्युयोर्कमा १०:०१ र वासिङ्टन डिसीमा ९:५५ बजेट टीकाको साइत छ । त्यस्तै, पोर्चुगलको लिस्बनमा १०:२४, बेलायतको लन्डनमा १०:२१, फ्रान्सको पेरिसमा १०:२३ र नर्वेको ओस्लोमा १०ः१९ बजे टीकाको साइत छ ।

सोही दिन स्विट्जरल्यान्डको जेनेभामा ११:५५, माल्टामा १०:४५, साउदी अरेबियामा ११:२३, सिंगापुरमा ११:४५, इजरायलको तेल अभिभमा ९ः१६, मलेसियाको क्वालालम्पुरमा ११:५७ र युएईको अबुधाबीमा ११:४५ बजेको साइत छ । १२ अक्टोबरमै कतारको दोहामा ११:०५, थाइल्यान्डको बैंककमा ११:२१ र म्यान्मारको यांगुनमा ११:२१ बजे साइत तोकिएको छ ।

१३ अक्टोबरमा भने जापानको टोकियोमा ११:३५, अस्ट्रेलियाको सिड्नीमा ११ः२१ र मेलबर्नमा ११:२७, हङकङमा ११:४३ बजे र दक्षिण कोरियाको सिओलमा ९:१५ बजे टीकाको उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले जनाएको छ ।


प्रकाशित मिति: २६ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?