काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा (भोलीबाट) बन्द हुने तर, यसअघि नै टोकन लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । भने भदौमा ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए ।
प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार