Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने


काठमाडौँ । छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ ।

त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रिय विभाग (सिडिपिएस) ले गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन् । शुक्रवार जनसंख्या अध्ययन केन्द्रिय विभागले पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १२ देखि १५ गतेसम्म छैटौं एशियाली जनसंख्या सम्मेलन हुन लागेको जानकारी गराएको हो । ८ सय बढी प्रतिनिधि सहभागी हुने यो सम्मेलनमा एशियाका विभिन्न देशका जनसंख्या विज्ञहरुले १७ वटा थिममा आधारित भएर करिव ४ सय भन्दा बढी कार्यपत्रहरु प्रश्तुत गर्ने भएका छन् । मुख्य रुपमा विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतिहरु आदिमा केन्द्रित रहेर कार्यपत्रहरु प्रश्तुत गरिनेछन् । सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने सम्मेलन आयोजक समितिका संयोजक तथा त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रिय विभाग प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले बताएका छन् ।

विश्वभर जनसंख्या संरचनामा भइरहेको परिवर्तन र स्थानान्तरणले नेपाल जस्ता धेरै देशले विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिको बारेमा पनि गहन छलफल हुने बताइएको छ । यस सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्वपूर्ण पृष्ठपोषण दिने जनसंख्या अध्ययन केन्द्रिय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताएका छन् ।

जनसंख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने यो महत्वपूर्ण अवसर रहेको जनसंख्या अध्ययन केन्द्रिय विभागले बताएको छ । नेपालको विकासका एजेण्डालाई थप प्रवद्र्धन गर्न प्रमाणमा आधारित विकासका योजना बनाउन बढावा दिने अपेक्षा सम्मेलनले गरेको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?