Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने


काठमाडौँ । छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ ।

त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रिय विभाग (सिडिपिएस) ले गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन् । शुक्रवार जनसंख्या अध्ययन केन्द्रिय विभागले पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १२ देखि १५ गतेसम्म छैटौं एशियाली जनसंख्या सम्मेलन हुन लागेको जानकारी गराएको हो । ८ सय बढी प्रतिनिधि सहभागी हुने यो सम्मेलनमा एशियाका विभिन्न देशका जनसंख्या विज्ञहरुले १७ वटा थिममा आधारित भएर करिव ४ सय भन्दा बढी कार्यपत्रहरु प्रश्तुत गर्ने भएका छन् । मुख्य रुपमा विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतिहरु आदिमा केन्द्रित रहेर कार्यपत्रहरु प्रश्तुत गरिनेछन् । सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने सम्मेलन आयोजक समितिका संयोजक तथा त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रिय विभाग प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले बताएका छन् ।

विश्वभर जनसंख्या संरचनामा भइरहेको परिवर्तन र स्थानान्तरणले नेपाल जस्ता धेरै देशले विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिको बारेमा पनि गहन छलफल हुने बताइएको छ । यस सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्वपूर्ण पृष्ठपोषण दिने जनसंख्या अध्ययन केन्द्रिय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताएका छन् ।

जनसंख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने यो महत्वपूर्ण अवसर रहेको जनसंख्या अध्ययन केन्द्रिय विभागले बताएको छ । नेपालको विकासका एजेण्डालाई थप प्रवद्र्धन गर्न प्रमाणमा आधारित विकासका योजना बनाउन बढावा दिने अपेक्षा सम्मेलनले गरेको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?