Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सरकारले सहकारी छानविन समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गरोस्ः सभामुख घिमिरे


काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

बुधवार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन सरकारले अविलम्व कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् । उनले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेश हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरुलाई ठिक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताएका छन् ।

उनले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलिय दृष्टिकोण भन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रश्तुत गरेको बताउदै उनले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताए ।

उनले भने,‘यसले संसदमा परिआइसकेपछि समझदारीपूर्ण ढंगबाट समग्रतामा समेटेर दलिय दृष्टिकोण र आधारमा होइन समस्यामा केन्द्रित भएर काम गर्नसक्छ र गर्दोरहेछ भन्ने कुराको उदाहरण दिएको छ । अविलम्व सरकारले यसलाई कार्यान्वयन गर्ने कामहरु गरोस् । किनभने प्रतिनिधि सभाले सरकारलाई कार्यान्वयन गर्न प्रतिवेदन बुझाएकै दिन त्यहीँबाट हस्तान्तरण गरिसकेको स्थिति छ । त्यसैले अब यसलाई कार्यान्वयन गर्दै नेपालमा सहकारीलाई ठिक ढंगबाट सञ्चालन गर्ने कामको जिम्मेवारी सरकारले छिट्टै पूरा गर्न सकोस् । अबको हाम्रो दायित्व आगामी दिनमा संसदको यो निष्कर्षलाई व्यवहारिक रुपबाट कार्यान्वयन गर्ने कुराले संसदले दिएको निर्णय र निष्कर्षहरुले व्यवहारिक रुप लिनसक्छ । समस्याको समाधान गर्नसक्छ र यसको एउटा यस्तो उदाहरण बन्ने छ कि कुनैपनि समस्याहरु आए भने प्रतिनिधि सभाले हल गर्नसक्छ भन्ने कुराको प्रमाणको रुपमा जान सकोस् । सरकारले त्यो तत्परता देखाउन सकोस् ।’

उपसभामुख इन्दिरा रानाले समितिले विवेकपूर्ण र न्यायोचित रुपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गर्दै उनले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको भन्दै विश्वास व्यक्त गरेकी छिन् ।

उनले भनिन्,‘मलाई लाग्छ तपाईहरुले विवेकपूर्ण, न्यायोचित, आफ्नो कार्यादेश भित्र बसेर सत्यतथ्य जे भेट्नुभयो त्यही जस्ताको तस्तै प्रतिवेदनमा उतार्नुभयो भन्ने मलाई विश्वास लागेको छ । कुनै आग्रह, पूर्वाग्रह नराखी । कसैप्रति लक्षित नभई, कसैको दबाबमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो भन्ने मेरो विश्वास छ । तयार गरेको प्रतिवेदनले देशभरी पीडामा भएका व्यक्तिहरु(पीडित)को आँशु पुछियोस् । कसैप्रति लक्षित नभइकन सम्बन्धित वर्गहरुको लागि जुन समिति खडा गरेका छौँ उहाँहरुको आँशु पुछियोस् भन्ने मेरो शुभकामना छ ।’

उपसभामुख रानाले प्रतिवेदनले सहकारी पीडितहरुको आँशु पुछिनुपर्ने बताइन् ।


प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?