Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
५ भाद्र २०८२, शुक्रबार
५ भाद्र २०८२, शुक्रबार

दोस्रो सिकार याम : ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने


१२ चैत्र ,ढोरपाटन । नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

यस वर्षको दोस्रो याम (फागुन–वैशाख) का लागि सात कम्पनीबाट आठ देशका सिकारीले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार नेपाल वाइल्ड लाइफ एडभेन्चर, सफारी आउटिफट्सबाट अमेरिकाका सिकारीले फागुनमा एक नाउर र एक झारल, श्री हिमालयन वाइल्डफाइफ आउट फिट्सबाट अमेरिकाका सिकारीले वार्सेमा एक नाउरको सिकार गर्ने छन् ।

श्री ट्याक्स एन ट्रेल्स प्रालिबाट क्यानडाका सिकारीले गुस्तुङमा एक नाउर र एक झारलको, श्री ग्लोबल सफारिज नेपाल प्रालिबाट हङ्गेरीका सिकारीले गुस्तुङमा एक नाउर र एक झारलको र फ्रान्सका सिकारीले सुनदहमा एक नाउर र एक झारलको शिकार गर्ने अनुमति पाएको उनको भनाइ छ ।

श्री ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिबाट पोर्चुगलका सिकारीले सुनदहमा एक नाउर, श्री नेपाल ट्राभल एक्स्पेडिसन प्रालिबाट पोल्याडका सिकारीले दोगाडीमा एक नाउर, रसियाली सिकारीले दोगाडीमा एक नाउर र गुस्तुङमा एक झारल, स्पेनिस सिकारीले वार्सेमा एक नाउर र गुस्तुङमा एक झारल र श्री हिमालयन सफारिस प्रालिबाट अमेरिकाका तीन सिकारीले सिकार गर्ने भएका छन् ।

उनीहरूले दोगाडीमा एक नाउर र सेङमा एक झारल, सेङमा एक नाउर र सुनदहमा एक झारल, दोगाडीमा एक नाउर र गुस्तुङमा एक झारलको सिकार गर्ने ढोरपाटन सिकार आरक्षले जनाएको छ । सिकारका लागि दुई सिकारी ढोरपाटन आइपुगेको अधिकृत कँडेलको भनाइ छ ।

श्री ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिबाट सुनदहमा एक नाउरको सिकारका लागि पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाइल्डलाइफ आउटफिटर्स, स्युचाटारबाट वार्सेमा एक नाउरको सिकारका लागि अमेरिकाका चार्ल्स हेरोल्ड वेकल आरक्ष आइपुगेको उनले जानकारी दिए ।

याम सुरु भएपछि सिकारीहरू आउने क्रम जारी रहेको छ । पहिलो याम (असोज–मङ्सिर) मा एउटा नाउरको रु २० लाख पाँच हजार र झारलको रु छ लाख राजस्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको उनको भनाइ छ ।

यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको मात्र सिकार भएको थियो । दोस्रो यामअन्तर्गत चैतको पहिलो सातादेखि सिकार खेल्न सुरु भएको छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । ढोरपाटनमा प्रत्येक वर्ष असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छ ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?