Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नेप्से परिसूचक ११४.७० अंकले वृद्धि


काठमाडौँ । दुई साता बढीदेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक मंगलवार उच्च अंकले वृद्धि भएको छ ।

मंगलवार उच्च अंक बढेसँगै नेप्से परिसूचक २ हजार ६ सय अंकको बिन्दुभन्दा माथि पुगेर बन्द भएको छ । आज नेप्से परिसूचक ११४.७० अंकले बढेर २ हजार ६२३.५६ बिन्दुमा पुगेको हो । त्यस्तै, नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १९.४६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ७.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंकले बढेको छ ।
मंगलवार कारोबारमा आएका ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको हो । सोमवारको कारोबारमा ३ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचकसँगै नेप्सेका १३ वटै उपसमूह हरियाली भएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ९.७४ प्रतिशत बढेको छ भने लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै,जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने ४ प्रतिशतभन्दा बढी बढेको छ ।
मंगलवार कारोबारमा आएका कम्पनीमध्ये २३ वटा कम्पनीकोे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मंगलवार एनएलजी इन्स्योरेन्सको २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?