Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

नेप्से परिसूचक ११४.७० अंकले वृद्धि


काठमाडौँ । दुई साता बढीदेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक मंगलवार उच्च अंकले वृद्धि भएको छ ।

मंगलवार उच्च अंक बढेसँगै नेप्से परिसूचक २ हजार ६ सय अंकको बिन्दुभन्दा माथि पुगेर बन्द भएको छ । आज नेप्से परिसूचक ११४.७० अंकले बढेर २ हजार ६२३.५६ बिन्दुमा पुगेको हो । त्यस्तै, नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १९.४६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ७.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंकले बढेको छ ।
मंगलवार कारोबारमा आएका ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको हो । सोमवारको कारोबारमा ३ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचकसँगै नेप्सेका १३ वटै उपसमूह हरियाली भएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ९.७४ प्रतिशत बढेको छ भने लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै,जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने ४ प्रतिशतभन्दा बढी बढेको छ ।
मंगलवार कारोबारमा आएका कम्पनीमध्ये २३ वटा कम्पनीकोे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मंगलवार एनएलजी इन्स्योरेन्सको २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?