Trending
>>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल असोज २९ गते मंगलबार, हेर्नुहोस आजको राशिफल >>   परिक्षणको रुपमा लगाएको अमेरिकन जातको स्ट्रेवेरी उत्पादन सफल >>   कुलमान घिसिङ्ग लाई किन हटाउने सरकार ? >>   मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान >>   सर्बाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक >>   कृष्णको ‘माखायात ग्वंग: माः भिडियोमा किरण र आराध्या ( भिडियो ) >>   आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट >>   सवारी दुर्घटनामा तीन जनाको मृत्यु >>   १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी अभियोगमा सन्तराम पक्राउ
Logo
२९ आश्विन २०८१, मंगलवार
२९ आश्विन २०८१, मंगलवार

बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौंः राष्ट्र बैंक


काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ ।

आईतवारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दशैंमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैंकमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताएका छन् ।

उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा सुकिला नोटहरु प्रशस्त रहेको र राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने भएकाले दशैंमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गदै उनले राष्ट्र बैंकसँग तथा बैकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताएका छन् । उनले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दशैंको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताउदै उनले नयाँ नोट छपाई नेपालमा नहुने र विदेशी विदेशी मुद्रा तिरेर नयाँ नोट छपाई गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै छपाईको लागत कम गर्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोगमा ल्याएको बताएका छन् । उनले पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउने र अब दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै मानिसहरुलाई बाहिर ल्याउन खोजिएको बताए । उनले बजारको आवश्यकता अनुसार राष्ट्र बैंकले नयाँ नोट छपाई र सटही गर्दैै जाने बताउदै। उनले आम नागरिकले दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नगरेको भन्दै पैसालाई जतन गर्न आग्रह गरेका छन् ।

उनले भने,‘विगतमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएपनि यो वर्षदेखि सफा नोट मात्रै सटही गर्ने भएको छ । हामीसँग बैंकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य छन् । त्यसलाई प्रयोग गर्नसक्यौं भने सुकिला नोट व्यवस्थापन गर्नसक्छौ । बैंक तथा वित्तीय संस्थामा प्रशस्त सुुकिला नोट भएको र व्यवस्थान गर्नु परेकाले नयाँ नोट नआएको हो । सुकिला नोट व्यवस्थापनमा समस्या परेको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य हो । नयाँ नोट छपाई नेपालमा हुँदैन । विदेशी मुद्रातिर नयाँ नोट छपाई गर्नुपर्ने हुन्छ । बैंकहरुमा उपलब्ध नोट प्रयोग गर्नसक्छौं भने छपाईको लागत कम गर्नसक्छौं भन्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोग गरौं भन्ने हो । पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउँछ । अब दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै हामी बाहिर जानुपर्छ । आवश्यकताअनुसार राष्ट्र बैंकले नयाँ नोट छपाई र सटही गर्दैै जान्छ । दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नहुने देखिएको छ ।’

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?