Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छः मन्त्री दाहाल


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन् ।

दशैँजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो भाडादर नबढाउनका लागि आफूहरुले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिरहेको समेत बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरुलाई अनुरोध गरेको स्मरण गराउदै त्यस अनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताएका छन् ।

उनले भने,‘यो चाडबाडको बेलामा हवाई भाडा धेरै अत्याधिक वृद्धि हुनेकुरा उठेको छ । त्यस कुरालाई नियन्त्रण गर्नुपर्छ भन्ने मलाई लाग्छ । यही दशैंको बेलामा ५ हजार, ६ हजार भाडा भएका ठाउँहरुमा १७ हजार, १८ हजारसम्म भाडा वृद्धि भएको कुरा देखिएको छ । त्यसले गर्दा हामीले नागरिक उडडयन अथवा त्यो उड्डयनसँग सम्बन्धित व्यवसायीहरुलाई पनि हामीले अनुरोध गरेका छौं । हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले नै अनुरोध गर्नुभएको छ कि यो बेलामा तपाईहरुले यसरी भाडा नबढाउनुस् भनेर । हामीले व्यवसायीसँग भाडा नबढाउन अनुरोध नै गर्ने हो । त्यो पनि नभए नियमन हुन्छ, गरिन्छ ।’

मन्त्री दाहालले बाढी, पहिरो र डुबानका कारण सिंगो मुलुक दुःखमा परेको उल्लेख गर्दै पीडितलाई राहत दिने, घाइतेहरुको उपचार गर्ने र क्षति भएका भौतिक पूर्वाधार निर्माणको काममा सरकार लागि परेको बताउदै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै विपद्का कारण करिव २५ अर्ब, २५ करोड क्षति भएको अनुमानित आँकडा प्रश्तुत समेत गरेका छन् ।

मन्त्री दाहालले भने, ‘यतिबेला एकदमै दुःखमा छौं हामी । १८८ जना भन्दा बढिको मृत्यु भएको छ यो बाढीको कारणले गर्दा । र ४१ जना वपेत्ता हुनु भएको छ । झन्डै ४ हजार जतिलाई हामीले उद्धार गरेका छौं । थुप्रै घाइते हुनुभएको छ । त्यसले गर्दा यो अवस्था छ अहिले निकै कठिन अवस्था छ । प्राकृतिक प्रकोपले हामीलाई यस्तो अवस्था सृजना गरिदिएको छ । र, हाम्रो मन्त्रालयसँग सम्बन्धित अहिले प्रारम्भिक अनुमान अनुसार २५ अर्ब २५ करोड बराबरको क्षति भएको छ । पुलहरु नष्ट भएका छन् । बाटाहरु नष्ट भएका छन्, झोलुंगे पुलहरु नष्ट भएका छन् । बेलिब्रिजहरु बगाएको छ । यस्तो अवस्था छ । र अरु मन्त्रालयसँग सम्बन्धित पनि धेरै ठूलो नोक्शानी भएको छ । अथवा देशको भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी भएको छ । र म यही कार्यक्रममार्फत ती ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । र घाइतेहरुको उपचारका लागि सरकारले जिम्मा लिएको छ । घाईतेहरुको पूर्ण रुपले निःशुल्क उपचार गर्ने घोषणा पनि गरेको छ । र बेपत्ताहरुको खोजी पनि भईरहेको छ । यो अवस्थामा हामी छौं ।’

मन्त्री दाहालले मुलुकले भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी व्यहोर्नु परेको भन्दै पुनर्निर्माणको कामलाई तिब्रता दिने बताएका छन् ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?