Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पितृसत्तात्मक मूल्य र मान्यता कै कारण महिला हिंसा भइरहेको छः विन्दा पाण्डे


काठमाडौँ । नेकपा(एमाले)की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पितृसत्तात्मक मुल्य र मान्यता कायम भएकै कारण महिला हिंसा भइरहेको बताएकी छिन् ।

आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले पितृसत्तात्मक मूल्य र मान्यता अन्तर्गतको सोच सबैमा रहेको भन्दै यसैको कारण महिला हिंसाका घटना कम हुन नसकेको र यस प्रकारका प्रवृत्तिहरुलाई राजनीतिक दलहरुले समेत आफ्नो संगठनभित्र रुपान्तरण गर्न नसकेको बताएकी छिन् । उनले महिला हिंसा अन्त्य गर्ने मुद्दा महिलाको भन्दा बढी पुरुषको हुनुपर्ने र राजनीतिक दलहरुले अग्रसरता लिएमा महिला हिंसा अन्त्य हुने बताएकी छिन ।

उनले भनिन, ‘सबभन्दा ठूलो समस्या भनेको नै हामीमा रहेको पितृसत्तात्मक मूल्य र मान्यता छ, जसले जन्मैदेखि पुरुषलाई प्रमुख र महिलालाई मातहतको सोच राख्छ । सम्बोधन गर्छ । व्यवहार गर्छ । हाम्रो मूल्य, मान्यतामा त्यही खालका प्रवृत्तिहरु देखाउँछ । हामी परिवर्तनकामीहरुले आफ्ना सङ्गठन भित्र पनि त्यो कुरालाई रुपान्तरण गर्न सकेनौँ । त्यसकारण हिंसा हामीभित्र पनि कायम रह्यो । यद्यपी हामी हिंसा मुक्त समाजको अगुवा दस्ता राजनीतिक दलका प्रतिनिधि भएर लागिराखेका छौँ । यो महिलाको मात्रै मुद्दा होइन । हाम्रो जस्तो समाजमा महिलाको कम र पुरुषको बढी मुद्दा हो । किनभने जसले हिंसा गर्छ र जसको आडमा हिंसा हुन्छ त्यो पक्षले यो मुद्दा उठाउनु जरुरी छ । र यो मुद्दाको समाधान खोज्नु जरुरी छ भन्ने लाग्छ ।’

उनले राजनीतिक दलहरुले हिंसा गर्ने व्यक्तिलाई संरक्षण गर्नु नहुने बताएकी छिन् ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?