Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

पितृसत्तात्मक मूल्य र मान्यता कै कारण महिला हिंसा भइरहेको छः विन्दा पाण्डे


काठमाडौँ । नेकपा(एमाले)की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पितृसत्तात्मक मुल्य र मान्यता कायम भएकै कारण महिला हिंसा भइरहेको बताएकी छिन् ।

आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले पितृसत्तात्मक मूल्य र मान्यता अन्तर्गतको सोच सबैमा रहेको भन्दै यसैको कारण महिला हिंसाका घटना कम हुन नसकेको र यस प्रकारका प्रवृत्तिहरुलाई राजनीतिक दलहरुले समेत आफ्नो संगठनभित्र रुपान्तरण गर्न नसकेको बताएकी छिन् । उनले महिला हिंसा अन्त्य गर्ने मुद्दा महिलाको भन्दा बढी पुरुषको हुनुपर्ने र राजनीतिक दलहरुले अग्रसरता लिएमा महिला हिंसा अन्त्य हुने बताएकी छिन ।

उनले भनिन, ‘सबभन्दा ठूलो समस्या भनेको नै हामीमा रहेको पितृसत्तात्मक मूल्य र मान्यता छ, जसले जन्मैदेखि पुरुषलाई प्रमुख र महिलालाई मातहतको सोच राख्छ । सम्बोधन गर्छ । व्यवहार गर्छ । हाम्रो मूल्य, मान्यतामा त्यही खालका प्रवृत्तिहरु देखाउँछ । हामी परिवर्तनकामीहरुले आफ्ना सङ्गठन भित्र पनि त्यो कुरालाई रुपान्तरण गर्न सकेनौँ । त्यसकारण हिंसा हामीभित्र पनि कायम रह्यो । यद्यपी हामी हिंसा मुक्त समाजको अगुवा दस्ता राजनीतिक दलका प्रतिनिधि भएर लागिराखेका छौँ । यो महिलाको मात्रै मुद्दा होइन । हाम्रो जस्तो समाजमा महिलाको कम र पुरुषको बढी मुद्दा हो । किनभने जसले हिंसा गर्छ र जसको आडमा हिंसा हुन्छ त्यो पक्षले यो मुद्दा उठाउनु जरुरी छ । र यो मुद्दाको समाधान खोज्नु जरुरी छ भन्ने लाग्छ ।’

उनले राजनीतिक दलहरुले हिंसा गर्ने व्यक्तिलाई संरक्षण गर्नु नहुने बताएकी छिन् ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?