Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनको दोस्रो दिनको छलफल फलदायी


काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनको दोस्रो दिनको छलफल फलदायी भएको कोषले बताएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले छलफलमा उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएको जानकारी दिएका छन् । उनले शुक्रवारदेखि शुरु भएको एसियाली सुरक्षण संस्था(एसिक)हरुको ३६ औं सम्मेलनको दोस्रो दिन वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेको बताए ।

उनले प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको उल्लेख गरेको जानकारी दिएका छन् । उनले बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने वक्ताहरुल धारणा राखेको बताए । समृद्ध राष्ट्र बन्नका लागि महिलासहित सुविधाबाट वञ्चित समुदायसम्मका समाजका सबै वर्गमा कर्जाको सहज पहुँच हुनुपर्ने वक्ताहरुले धारणा राखेको घिमिरेले बताएका छन् ।

उनले कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सज्ञका सहभागीहरुले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेको पनि बताउदै छलफलमा  कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिट,मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सीजीसी)का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकलेसाना तथा मझौला उद्योग (एसएमई)मध्ये एक तिहाईलाई सीजीसीले सहयोग गरिरहेको उल्लेख गरेको बताए।

नवप्रवर्तन फाइनान्सिङमा एशियाली देशका उत्कृष्ट अभ्यासहरूका विषयमा छलफल भएको थियो । छलफलमा जापान फाइनान्स कर्पोरेसन (जेएफसी)का वरिष्ठ अर्थशास्त्री योहेई यामागुची, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले  स्टार्टअपहरू र एमएसएमईहरू बढिरहेको क्षेत्र÷स्थानमा क्रेडिट ग्यारेन्टीको काम अझ महत्वपूर्ण भएको बताए । नेपालमा २७ प्रतिशत जनसंख्यामा बैंकको पहुँच पुग्न बाँकी रहेको पनि वित्तीय पहुँचलाई समावेशी बनाउन पर्याप्त अवसर भएको पनि उल्लेख गरेका थिए । सोमवारसम्म सञ्चालन हुने सम्मेलनमा एशियाका १६ देशका सुरक्षण निकायहरुको उपस्थिति रहेको छ । नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?