Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न जोड दिइएको छः उपप्रधानमन्त्री पौडेल


उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नविन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड दिएको बताएका छन्  ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले  सरकारले स्टार्टअप र नवप्रवद्र्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रवन्ध मिलाएको बताएका छन्। उनले  आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुँच बिस्तार गर्न आवश्यक एवं अपरिहार्य भएको उल्लेख गर्दै उनले त्यसका लागि पर्याप्त धितो राख्न नसक्ने गरिव तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानीमा वचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धिहरु प्राप्त हुँदै आएको समेतबताएका छन् ।

उपप्रधानमन्त्री पौडेलले वित्तीय क्षेत्रको विकासका लागि वित्तिय पहुँच अभिवृद्धि, नविन वित्तीय उपकरणको प्रयोग, वचत तथा कर्जा बिस्तार, वित्तिय सुशासनका लागि प्रभावकारी नियमनजस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी भएको बताएका छन् ।

अर्थमन्त्री पौडेलले भने,‘नविन सोच तथा प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तिय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रवन्ध अत्यावश्यक हुने कुरामा म जोड दिन चाहन्छु । यस मान्यता अनुरुप सरकारले स्टार्ट अप र नवप्रवद्र्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रवन्ध मिलाएको छ ।

यसै वर्षको बजेटमार्फत रु. एक अर्वको नेपाल स्टार्ट अप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ । सुरक्षण सेवाका कारण आज ठूलो संख्यामा साना व्यवसायीहरु स्थापित हुन पुगेको तथा वचत गर्ने संस्कारको विकास भई पुँजी परिचालन गर्न सहयोग पुगेको तथ्य हामी सबैको सामू छर्लङग छ । सुरक्षणको प्रवन्धविना यो सम्भव हुने थिएन । आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुँच विस्तार गर्न आवश्यक एवं अपरिहार्य हुन्छ ।

पर्याप्त धितो राख्न नसक्ने गरिव तथा विपन्न वर्ग र पीछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरी र सो कर्जाको सावाँ ब्याँज फिर्ता हुने सुनिश्चितताका लागि कर्जा सुरक्षणको संस्थागत विकास गरी सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धिहरु प्राप्त हुँदै आएका छन । वित्तिय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्व हुन्छ ।

कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षतिबाट संरक्षण गर्न तथा वित्तिय प्रणालीमा रहेको जोखिम न्युनिकरण गरी यसलाई थप विश्वसनीय बनाउन कोषको भुमिका महत्वपूर्ण हुन्छ । वित्तीय क्षेत्रको विकासका लागि वित्तीय पहुँच अभिवृद्धि, नविन वित्तीय उपकरणको प्रयोग, बचत तथा कर्जा बिस्तार, वित्तिय सुशासनका लागि प्रभावकारी नियमनजस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी छ । ’

उपप्रधानमन्त्री पौडेलले वचतकर्ताको बचतलाई उत्पादन वृद्धिका लागि उपयोग गर्ने कुरामा पनि सरकार योजनावद्ध ढंगले लागि परेको बताएका छन्  ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?