Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

शेयर कारोबारबाट दुई महिनामै गत वर्षको भन्दा बढी राजश्व उठेको छः अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्षदिनको भन्दा बढी राजश्व शेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन्  ।

बुधवार नेप्से कार्यालयमा पुग्नुभएका अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिव पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरेका हुन्  । उनले चालु आर्थिक वर्ष ०८१÷८२ मा शेयरबजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताएका छन्  । उनले ३ हजार ४० मा पुगेको नेप्से एकाएक २५ सयमा कसरी झर्यो  भन्दै प्रश्न गरेका छन्।  ।

उनले आफूले सो कुराको सही जवाफ नपाएसम्म स्वयं र कर्मचारीहरुलाई सोधिरहने बताउदै  नेपालको पुँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरु भित्र पनि, सम्बन्धित संस्थाहरुभित्र पनि र सार्वजनिक रुपमा पनि काफी छलफल, बहस हुने गरेको बताएका छन् । राजनीतिक रुपले अहिले पुँजी बजार नघटेको भन्दै पुँजी बजार बढाउन आवश्यक कदमहरु चाल्न सरकार तयार रहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले प्रविधिबारे अपडेट हुन टाइम बाउण्ड क्यालेण्डर बनाइ काम गर्न पनि सम्बन्धित सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् । उनले जनशक्ति व्यवस्थापनको योजना बनाउन, गुणस्तरीय सेवा प्रवाहमा जोड दिन पनि निर्देशन दिएका छन् । नेप्सेले लगानीकर्ताको विश्वास जित्ने, लगानीकर्ताको लगानी सुरक्षित गर्ने र स्वस्थ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्न जोड दिदै पुँजी बजारका समस्या पहिचान गरी शिघ्र समाधानमा लाग्नुपर्ने बताउदै सरकारले पुँजी बजारको दिगो, भरपर्दो विकासका पक्षमा काम गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?