Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सार्वजनिक यातायातको भाडा चाँडै समायोजन हुन्छः मन्त्री दाहाल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातको भाडा समायोजनबारे सरकारले चाँडै निर्णय लिने बताएका छन्  ।

बुधवार मन्त्रालयमा विजया दशमी, दीपावली, छठ लगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकमा बोल्दै उनलेअहिले भाडा समायोजनको विषय मुख्य रहेको भन्दै छिटै निर्णय लिने बताउनु भयो ।

मन्त्री दाहालले  इन्धनको मूल्य घट÷बढ भएअनुसारको अटोमेटिक समायोजन गर्नेबारेमा पनि छलफल  भइरहेको बताउदै  सार्वजनिक यातायातको भाडा समायोजन प्याकेजमै गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्  । उनले चाडपर्वलक्षित यातायात सेवालाई सहज बनाउन अग्रिम टिकट खोलेर सहजता प्रदान गर्न पनि सम्बन्धित निकायहरुलाई निर्देशन दिदै सवारी चालक अनुमतिबारे ड्यु रहेका करिव २१ लाख लाइसेन्स संघ सरकारले नै छापेर दिने र बाँकी प्रदेश सरकारले गर्ने बताएका छन् ।

मन्त्री दाहालले  लाइसेन्सको समस्या समाधानका लागि कोशी प्रदेश सरकारले अस्थायी कार्डको व्यवस्था गरी काम शुरु गरिसकेको भन्दै अन्य प्रदेशमा तत्कालका लागि अस्थायी कार्डको व्यवस्था गर्नेगरी सरकार अघि बढिरहेको बताए ।

मन्त्री दाहालले भने , ‘भाडा समायोजनको सम्बन्धमा मुख्यकुरा हो । यसमा हामी छिटै निर्णय गर्नेछौँ । अहिले अब ठ्याक्कै एक हातमा लिने र अर्को हातमा दिने काम नगरौँ । तर यसमा हामी गम्भीर छौँ । यसमा अटोमेटिक समायोजनको कुरा छ । इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्ने भन्ने पनि छ । समायोजन नभएको दुई, तीन वर्ष भइसक्यो । यो एउटा प्याकेजमै समायोजन गर्नुपर्छ । अब तुरुन्तै अग्रिम टिकट खोलेर यातायातलाई सहज बनाइदिनुस् । सवारी चालक अनुमति पत्रको बारेमा धेरै टाउको दुखाई गरिसकेका छौँ । केके गर्ने भनेर हामीले रोडम्याप नै बनाइसकेका छौँ । २०७२ सालदेखि नै प्रदेशले नै यो काम गर्नु पर्दथ्यो । तर यो काम संघले गरिरहेको अवस्थामा यो संघकै जिम्मेवारी भन्ने बुझाइ रह्यो । हामीसँग केही ड्यु छन् । त्यो ड्यु भएको हामीले पूरा गर्ने भनेको छौँ । २०÷२१ लाख जति हामीले अहिले छापेर दिनुपर्ने अवस्था छ । त्यो जसरी पनि हामीले छापेर दिन्छौँ । कोशी प्रदेशले अस्थायी कार्ड पनि दिन शुरु गरेको छ । क्युआर कोर्ड हुन्छ । त्यसमा । रसिद क्युआरकोर्ड सहितको दिआँै भन्ने पनि छ ।’

भौतिकमन्त्री दाहालले बढी भन्दा बढी यात्रुलाई सुविधायुक्त ढंगले यातायात सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?