Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छः अध्यक्ष ढकाल


काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन्  ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका परिवर्तित नीति निजी क्षेत्रले माग गरे अनुसारको रहेको बताएका छन्  । उनले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयलाई महत्व दिएर निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन हुँदै गएको बताए। अन्य मुलुकमा निजी क्षेत्रलाई समेटेर सँगै गएको बेला नै आर्थिक समृद्धि र विकासले गति लिएको बताउदै उनले निजी क्षेत्रका मागहरु सम्बोधन गर्ने देशहरुले नै छोटो समयमा विकास गरेको बताएका छन् ।

उनले अहिले आफूहरुले सरकारलाई निजी क्षेत्रका मागहरु सम्बोधन गर्न आग्रह गरेको र जसमा सरकार सकारात्मक रहेको बताउदै  निजी क्षेत्रका मागहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सकारात्मक रहेको तर कर्मचारीतन्त्रमा पनि सोही सकारात्मकता हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘निजी क्षेत्रलाई प्रमोट गर्ने कुराहरुको जुन इस्युहरु छ । निजी क्षेत्रले दिएका सुझावहरु वास्तवमा क्रमशः लागू गर्दै जाने हो भने छोटो समयमा धेरै चिजहरुको एउटा रिजल्ट लिन सकिन्छ । बाहिरतिर हेर्ने हो भने विदेशमा जहाँ आर्थिक समृद्धिको कुराहरु, विकासको कुराहरु भएको छ, त्यो जहाँ निजी क्षेत्रलाई इन्करेज गरेको छ, निजी क्षेत्रलाई प्राथमिकता दिएको छ, निजी क्षेत्रका जायज इस्यु सम्बोधन भएको छ, त्यो देशमा छोटो समयमा द्रुत विकास भएको छ । हामीले अहिले सरकारलाई, सरकार अन्तर्गतका निकायलाई पनि वास्तवमा त्यहीअनुसार सुझाव दिएका छौँ । यसमा के देखिएको छ भने सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीज्युलाई हामीले भेट्दा हाम्रो मागमा उहाँहरु पोजिटिभ हिसावले लागिपर्नु भएको छ । तथापि डाउन द लाइन अझै पूरै उहाँहरुको पोजिटिभ हिसावको कमिटमेण्ट पूरा गर्न तलदेखिकै मेकानिजम सकारात्मक हुनुपर्छ ।’

मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुन थालेको जस्तो देखिए पनि उत्साही हुन नसकिएको बताउदै अध्यक्ष ढकालले बैंकको ब्याजदर घट्दा कर्जा प्रवाह उल्लेख्य हुन नसक्नु अझै वित्तीय असुरक्षाको शंका गर्ने ठाउ बाँकी रहेको बताए। यस्तो अवस्थामा निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताउदै अध्यक्ष ढकालले सबै सकारात्मक हुने हो भने देश विकासले गति लिने र असुरक्षाको अवस्था हटेर जाने विश्वास व्यक्त गरेका छन्  ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?