Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छः सूर्य थापा


काठमाडौँ।    सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताउनुभएको छ । सोमवार समितिको ६६ औं बैठक सम्पन्न गरी सञ्चारकर्मीहरुसँग कुरागर्दै सभापति थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरुलाई कारबाहीको सिफारिस गरिएको बताउनु भएको हो । उहाँले समितिमा सबै राजनीतिक दलहरुबाट प्रतिनिधित्व भएको तर पनि सहकारीका वर्तमान समस्यालाई पहिलो प्राथमिकता राखेर प्रतिवेदन सर्वसहमतिले पास गरेको दाबी गर्नुभयो । उहाँले समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सबैले हस्ताक्षर गरेर प्रतिनिधि सभामा पेश गर्न लागेको बताउनु भयो । उहाँले ६६ वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाएर प्रतिवेदन तयार पारिएको पनि उल्लेख गर्नुभयो । उहाँले समितिको प्रतिवेदनले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सहकारी ठगीबारे छानबिन गर्न गठित सहकारी सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन पारित गरेका छौं । आज नै प्रतिनिधि सभामा प्रश्तुत गर्ने कार्यसूचि छ । सहकारीको रकम दुरुपयोग,अपचलन ठगीका सम्बन्धमा लामो समय लगाएर प्रतिवेदन तयार बनाएका छौँ । यसले सिङ्गो सहकारी क्षेत्रलाई आजको संकटबाट पुनःउत्थान गर्ने र अपचलन गरेकाहरुलाई जवाफदेही बनाउने, संवैधानिक व्यवस्था,जनताको हित, समाजवाद निर्माण गर्ने संकल्प र तीन खम्बे अर्थनीतिको पिल्लरका रुपमा र वर्तमान सहकारीमा देखिएका समस्या हल गर्नका निम्ति मार्गदर्शन गर्ने छ । सात सदस्य समितिमा विभिन्न पार्टीका प्रतिनिधि थियौं । तर सहकारी समस्यालाई समितिले कुनै पार्टी भन्दा माथि उठेर विकराल राष्ट्रिय समस्याका रुपमा लिएका छौं । त्यसरुपमा गम्भिरतापूर्णक आत्मसाथ गरेका छौं । समितिले दिएको प्रतिवेदन दोषीलाई कारबाहीको भागिदार बनाउन सिफारिस गरेका छौं ।’समितिको प्रतिवेदनमा सबै सदस्यहरुले हस्ताक्षर गरेका छन् । केही समय भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । तर सबैको सहमति अनुसार हस्ताक्षर गरेका हुन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?