Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न काँग्रेसको आग्रह


काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैँ मार्गप्रशस्त गर्न आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बैठकले सत्तारुढ दलहरुको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताउनु भयो । उहाँले अनाधिकृत रुपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरुलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राज्दुतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निस्कर्ष निकालेको बताउनु भयो ।

उपसभामुख आफैँले राजीनामा दिनुपर्ने र अर्को देशको राजदुतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गर्नुभएको काँग्रेसको निस्कर्ष रहेको बताउनु भयो । उहाँले उपसभामुखले पत्र लेखेर कुटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ले र गर्नैपर्ने भए सचिवालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने बतउनु भयो । उपसभामुखको सो कार्यले संसदलाई अपमानित गरेको र मुलुकको शिर झुकाएको बताउनु भयो ।

प्रमुख सचेतक गुरुङले उपसभापति धनराज गुरुङको विषयमा छानविनबाट दोषी ठहर भए कारबाही भोग्ने र त्यसको छानविन गराउन काँग्रेस तयार रहेको बताउनु भयो ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?