Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा सांसद चौधरीको जोड


काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले बिआरआई परियोजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गर्दै उनले बिआरआई परियोजना अनुदानमा ल्याउनुपर्ने बताए । अनुदानमा नभए कमभन्दा कम व्याजदरमा ल्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । उनले परियोजना कार्यान्वयनसँगै व्यापार हुने, नहुने स्थितिको सम्बन्धमा भने ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘सन् २०१६ को राष्ट्र बैंको तथ्याङ्क अनुसार अहिले पनि १२५ वटा परियोजनाहरु कार्यान्वयनका लागि स्वीकृती भएको छ । यदि बिआरआईलाई कार्यान्वयन गर्न सक्ने हो भने स्वीकृत १२५ योजनालाई पनि सहज तरिकाले सम्पादन गर्न सकिन्छ । यसैले बिआरआई परियोजना कार्यान्वयनको विषयमा ध्यान दिनुपर्ने देखिन्छ । सकभर अनुदानमा नभए कमभन्दा कम व्याजदरमा र भुक्तानीको समयलाई लम्ब्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्छ । तर लिएको ऋणलाई समयमा भुक्तानी गर्न सकिने हो होइन, ब्याज र किस्ता तिर्न सकिने हो, होइन । साथै व्यापार हुने, नहुने विषयमा समेत ध्यान दिनुपर्छ । यसका लागि नेपाल सरकारले चिनियाँ सरकारसँग कुटनीतिक पहल गर्नुपर्छ ।’

सांसद चौधरीले बिआरआई परियोजनाको कार्यान्वयनसँगै नेपालले विश्वसँग जोडिने स्वर्णिम मौका पाउने बताएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?