Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा सांसद चौधरीको जोड


काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले बिआरआई परियोजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गर्दै उनले बिआरआई परियोजना अनुदानमा ल्याउनुपर्ने बताए । अनुदानमा नभए कमभन्दा कम व्याजदरमा ल्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । उनले परियोजना कार्यान्वयनसँगै व्यापार हुने, नहुने स्थितिको सम्बन्धमा भने ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘सन् २०१६ को राष्ट्र बैंको तथ्याङ्क अनुसार अहिले पनि १२५ वटा परियोजनाहरु कार्यान्वयनका लागि स्वीकृती भएको छ । यदि बिआरआईलाई कार्यान्वयन गर्न सक्ने हो भने स्वीकृत १२५ योजनालाई पनि सहज तरिकाले सम्पादन गर्न सकिन्छ । यसैले बिआरआई परियोजना कार्यान्वयनको विषयमा ध्यान दिनुपर्ने देखिन्छ । सकभर अनुदानमा नभए कमभन्दा कम व्याजदरमा र भुक्तानीको समयलाई लम्ब्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्छ । तर लिएको ऋणलाई समयमा भुक्तानी गर्न सकिने हो होइन, ब्याज र किस्ता तिर्न सकिने हो, होइन । साथै व्यापार हुने, नहुने विषयमा समेत ध्यान दिनुपर्छ । यसका लागि नेपाल सरकारले चिनियाँ सरकारसँग कुटनीतिक पहल गर्नुपर्छ ।’

सांसद चौधरीले बिआरआई परियोजनाको कार्यान्वयनसँगै नेपालले विश्वसँग जोडिने स्वर्णिम मौका पाउने बताएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?