Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

रास्वपा सांसद पराजुलीको प्रश्नः धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ?


काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी वचत तथा ऋण सहकारी संस्थाको करिव १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली काँग्रेसका सांसद धनराज गुरुङ र उनको श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताएका छन् ।

उनले सहकारीका अध्यक्ष अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरी समेत दिनुभएको भन्दै छानविन गर्ने कि नगर्ने भनि काँग्रेस सांसदहरुमाथि प्रश्न गरेका छन् । उनले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरेका छन् । त्यसैगरी एपिवान टेलिभिजनमा पनि जिबि राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन सो पनि छानविन गर्ने नगर्ने भनेर उनले अर्को प्रश्न गरेका छन् ।

उनले सरकार बनाउन भुमिका खेल्ने एपिवान टिभिका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ ? भनि गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?