Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

अमेरिकामा अत्याधिक माग भएको नेपाली तयारी पोशाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छः अध्यक्ष ढकाल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोशाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम थप गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन्।

सोमवार काठमाडौंमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपाल–अमेरिकामा व्यापारका सम्भावना र चुनौती विषय कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले  अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी)मा समावेश ७७ वस्तुमा तयारी पोशाक लगायत अमेरिकामा अत्याधिक माग भएका वस्तु थप गर्न आवश्यक रहेको बताएका छन् ।

उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शुन्य भन्सार महशुल सुविधा प्रदान गर्दै आएको बताउदै उनले उक्त सूचिमा रहेका वस्तुहरु सोच जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भवना भएका तयारी पोसाक लगायतका थप वस्तुहरु (एनटीपीपी) समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्न जरुरी रहेकोबताएका छन् ।

उनले नेपाल र अमेरिकाबीच व्यापारमा चूनौतिहरु रहेको बताउँदै एनटीपीपी)बाट नेपालले उच्च प्रतिफल लिन नसकेको दाबी गरेका छन् । उनले (एनटीपीपी) को म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गरे । उनले अल्पविकसित बाट विकासोन्मुख मुलुकमा २०२६ मा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राखेका छन् ।

उनले नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा रहेको भन्दै नेपाली तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको बताउदै उनले  नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढी रहेको पनि दाबी गरेका छन् ।

उनले निजी क्षेत्रका मुद्दाहरुमा सहजिकरण गरी व्यवसायिक गतिविधिमा वृद्धि हुने बताएका छन् । उनले सरकारले विदेशमा नेपाली उत्पादन निर्यात गर्दा  निर्यातकर्ताहरुले फाइदा लिन्छ भन्ने परम्परागत हिसावको सरकारको सोच परिवर्तन गर्न आवश्यक रहेको बताउदै उनले पछिल्लो समय गतिशिल रुपमा निजी क्षेत्रले काम गर्ने वातावरण मुलुकभित्र नभएको भन्दै सरकारले लगानीको वातारण बनाउन जरुरी रहेको बताएका छन्  ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?