Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउँछः उद्योगमन्त्री भण्डारी


काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमवार राजधानीमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले  इथानोल उत्पादनको लागि विदेशी लगानीमा समेत इथानोल उत्पादन गर्ने धेरै प्रश्तावहरु आएको भन्दै कसरी उत्पादन गर्ने विषयमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा निचोड निकाल्ने उल्लेख गरेका छन् ।

उनले चिनी उत्पादक संघबाट मात्रै सम्भव छ वा अन्यबाट पनि गर्न सकिन्छ त्यसको अध्ययन गर्ने जानकारी दिएका छन् । मन्त्री भण्डारीले इथानोल मिश्रण सरकारको विशेष प्राथमिकतामा रहेको भन्दै प्रतिकुल वातावरणमा पनि अगाडि बढाउन तयार रहेको बताए । उनले नेपाललाई वार्षिक आवश्यक चिनी ३ लाख मेट्रिक टन आवश्यक रहेको भन्दै त्यसमा १ लाख ८० हजार मेट्रिक टन आयात भइरहेको बताएका छन्।

उनले १ लाख ८० हजार मेट्रिक टन आयात हुँदा पनि बजारमा अभाव रहेको भन्दै इथानोलमा पनि यही नियति नेपाल आयल निगमले भोग्नुपर्ने अवस्था देखिएको बताउदै  आयात गरेर इथानोल बनाउँदा उपभोक्तामा जाँदा सहज मूल्य हुनुपर्ने बताएका छन् । उनले १० हजार मेट्रिकटन इथानोल नबनाउँदा समस्याआइरहेको भन्दै करिव १ अर्बको आसपासमा आयात भइरहेको बताएका छन्  । उनले आयातलाई २० प्रतिशत कम गरी आयात प्रतिस्थापन हुने बताएका छन् ।

उनले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको बताउदै आगामी एक महिनाभित्र मूल्य निर्धारण लगायतका काम टुंग्याउने प्रतिवद्धता जनआएका छन् । उनले इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेको भन्दै सरकारले आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत बताए । इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उल्लेख गरेका छन्  ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?