Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउँछः उद्योगमन्त्री भण्डारी


काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमवार राजधानीमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले  इथानोल उत्पादनको लागि विदेशी लगानीमा समेत इथानोल उत्पादन गर्ने धेरै प्रश्तावहरु आएको भन्दै कसरी उत्पादन गर्ने विषयमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा निचोड निकाल्ने उल्लेख गरेका छन् ।

उनले चिनी उत्पादक संघबाट मात्रै सम्भव छ वा अन्यबाट पनि गर्न सकिन्छ त्यसको अध्ययन गर्ने जानकारी दिएका छन् । मन्त्री भण्डारीले इथानोल मिश्रण सरकारको विशेष प्राथमिकतामा रहेको भन्दै प्रतिकुल वातावरणमा पनि अगाडि बढाउन तयार रहेको बताए । उनले नेपाललाई वार्षिक आवश्यक चिनी ३ लाख मेट्रिक टन आवश्यक रहेको भन्दै त्यसमा १ लाख ८० हजार मेट्रिक टन आयात भइरहेको बताएका छन्।

उनले १ लाख ८० हजार मेट्रिक टन आयात हुँदा पनि बजारमा अभाव रहेको भन्दै इथानोलमा पनि यही नियति नेपाल आयल निगमले भोग्नुपर्ने अवस्था देखिएको बताउदै  आयात गरेर इथानोल बनाउँदा उपभोक्तामा जाँदा सहज मूल्य हुनुपर्ने बताएका छन् । उनले १० हजार मेट्रिकटन इथानोल नबनाउँदा समस्याआइरहेको भन्दै करिव १ अर्बको आसपासमा आयात भइरहेको बताएका छन्  । उनले आयातलाई २० प्रतिशत कम गरी आयात प्रतिस्थापन हुने बताएका छन् ।

उनले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको बताउदै आगामी एक महिनाभित्र मूल्य निर्धारण लगायतका काम टुंग्याउने प्रतिवद्धता जनआएका छन् । उनले इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेको भन्दै सरकारले आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत बताए । इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उल्लेख गरेका छन्  ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?