Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

कांग्रेस नेतृ अवालसहित ७७ जनालाई सम्मान


११ चैत्र ,भक्तपुर । ‘समानताका लागि आवाज भक्तपुर’ले २५औँ वर्ष प्रवेशको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गङ्गालक्ष्मी अवालसहित ७७ जनालाई कदरपत्र प्रदान गरेको छ ।

संस्थाको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनिहरुलाई पूर्वमन्त्री एवं मानवअधिकारकर्मी डा देवेन्द्रराज पाण्डेले खादा ओढाएर सम्मान गरेका हुन्‌।

मानवअधिकारकर्मी पाण्डेले अपाङ्गता भएका व्यक्ति राज्यबाट पछाडि परेको बताउँदै अपाङ्गता भएका व्यक्तिलाई पनि राज्यले समानरूपमा विभिन्न क्षेत्रमा प्रतिनिधित्व गराउँदै उनीहरूको अधिकारलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा संस्थालाई आर्थिक, भौतिक तथा अन्य सहयोग गर्ने अवालसहित ११ कर्मचारी, दुई सय २८ सहयोगी व्यक्तित्व र २८ सहयोगी संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको समानताका लागि आवाज भक्तपुरका प्रवक्ता सुरेश राजभण्डारीले जानकारी दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अवाल, समानताका लागि आवाज भक्तपुरका संस्थापक एवं राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपालका अध्यक्ष किरण शिल्पकार, एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रामप्रसाद मानन्धरलगायतले संस्थाले गर्दै आएको कार्यक्रमको चर्चा गर्दै देशको तीन तहकै सरकारको नजर अपाङ्गताको क्षेत्रमा पर्नुपर्ने बताए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?