Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कांग्रेस नेतृ अवालसहित ७७ जनालाई सम्मान


११ चैत्र ,भक्तपुर । ‘समानताका लागि आवाज भक्तपुर’ले २५औँ वर्ष प्रवेशको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गङ्गालक्ष्मी अवालसहित ७७ जनालाई कदरपत्र प्रदान गरेको छ ।

संस्थाको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनिहरुलाई पूर्वमन्त्री एवं मानवअधिकारकर्मी डा देवेन्द्रराज पाण्डेले खादा ओढाएर सम्मान गरेका हुन्‌।

मानवअधिकारकर्मी पाण्डेले अपाङ्गता भएका व्यक्ति राज्यबाट पछाडि परेको बताउँदै अपाङ्गता भएका व्यक्तिलाई पनि राज्यले समानरूपमा विभिन्न क्षेत्रमा प्रतिनिधित्व गराउँदै उनीहरूको अधिकारलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा संस्थालाई आर्थिक, भौतिक तथा अन्य सहयोग गर्ने अवालसहित ११ कर्मचारी, दुई सय २८ सहयोगी व्यक्तित्व र २८ सहयोगी संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको समानताका लागि आवाज भक्तपुरका प्रवक्ता सुरेश राजभण्डारीले जानकारी दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अवाल, समानताका लागि आवाज भक्तपुरका संस्थापक एवं राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपालका अध्यक्ष किरण शिल्पकार, एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रामप्रसाद मानन्धरलगायतले संस्थाले गर्दै आएको कार्यक्रमको चर्चा गर्दै देशको तीन तहकै सरकारको नजर अपाङ्गताको क्षेत्रमा पर्नुपर्ने बताए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?