Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा इलेक्ट्रिक प्रदर्शनी सम्पन्न, ३० हजार बढीले गरे अवलोकन


काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा आयोजित तेस्रो नेपाल पावर, लाईट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ ।

अपेक्षाअनुसार नै आईतवार सफलतापूर्वक सम्पन्न भएको मेला आयोजक संस्था मिडिया स्पेश सोलुशन प्रा.लि.ले जानकारी दिएको हो । करिव २५ देखि ३० हजारले मेला अवलोकन गर्ने गरिएको अपेक्षा पनि पूरा भएको सो संस्थाका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिएका छन् । प्रर्दशनीमा नेपाली ग्राहकहरुले आफ्नो इच्छा अनुसारको सामग्री कहाँबाट पाईन्छ भन्ने कुराको पनि जानकारी पाएको बताइएको छ । प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको र चौथो संस्करणमा नविकरणीय ऊर्जा र विद्युतीय यातायातका सामग्रीहरुलाई समावेश गर्ने योजना तय गरिएको पनि बताएका छन् ।

उनले भने,‘हिजो साँझसम्म करिव १८ हजार जनाले अवलोकन गर्नुभएको थियो । हामीले जुन अपेक्षा राखेका थियौं २५ देखि ३० हजारसम्मले अवलोकन गर्नेछन् भनेर । त्यो चाहीँ पूरा भएको छ । यो प्रदर्शनी हामीले सोचेजस्तै सक्सेसफुल हुन गयो । नविरकरणीय ऊर्जालाई पनि समावेश गरेर चौथो संस्करण आयोजना गर्नेछौं ।’

एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकन कर्ताहरुले बताएका थिए । प्रदर्शनीमा विभिन्न १५० भन्दा बढी कम्पनीहरुका सामानहरुको बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको थियो ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?