Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

काठमाडौंमा इलेक्ट्रिक प्रदर्शनी सम्पन्न, ३० हजार बढीले गरे अवलोकन


काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा आयोजित तेस्रो नेपाल पावर, लाईट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ ।

अपेक्षाअनुसार नै आईतवार सफलतापूर्वक सम्पन्न भएको मेला आयोजक संस्था मिडिया स्पेश सोलुशन प्रा.लि.ले जानकारी दिएको हो । करिव २५ देखि ३० हजारले मेला अवलोकन गर्ने गरिएको अपेक्षा पनि पूरा भएको सो संस्थाका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिएका छन् । प्रर्दशनीमा नेपाली ग्राहकहरुले आफ्नो इच्छा अनुसारको सामग्री कहाँबाट पाईन्छ भन्ने कुराको पनि जानकारी पाएको बताइएको छ । प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको र चौथो संस्करणमा नविकरणीय ऊर्जा र विद्युतीय यातायातका सामग्रीहरुलाई समावेश गर्ने योजना तय गरिएको पनि बताएका छन् ।

उनले भने,‘हिजो साँझसम्म करिव १८ हजार जनाले अवलोकन गर्नुभएको थियो । हामीले जुन अपेक्षा राखेका थियौं २५ देखि ३० हजारसम्मले अवलोकन गर्नेछन् भनेर । त्यो चाहीँ पूरा भएको छ । यो प्रदर्शनी हामीले सोचेजस्तै सक्सेसफुल हुन गयो । नविरकरणीय ऊर्जालाई पनि समावेश गरेर चौथो संस्करण आयोजना गर्नेछौं ।’

एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकन कर्ताहरुले बताएका थिए । प्रदर्शनीमा विभिन्न १५० भन्दा बढी कम्पनीहरुका सामानहरुको बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको थियो ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?