Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीः अर्थतन्त्र चलायमान हुने व्यवसायी र उपभोक्ताको विश्वास


काठमाडौं। एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकन कर्ताहरुले बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ २१ गतेबाट शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकनका लागि पुगेका उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले होलसेलर र ठूला कम्पनीहरुका लागि मेला अझ बढी उपयुक्त हुने बताए । यस्ता मेलाले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र प्रविधिको जानकारी मिल्ने उनीहरु बताउँछन् । मेलामा नयाँनयाँ सामग्रीहरु पाएको बताए । यस्ता मेला भइरहे जानकारी लिनका लागि सहयोग पुग्ने बताए । मेलामा विज्ञा प्रविधिको नयाँनयाँ सामग्रीहरु पाएको बताए । अवलोकनका लागि पुग्नुभएका हरिकृष्ण तिवारी, चन्द्रमणि श्रेष्ठ, गौरीशंकर यादवले विभिन्न विद्युतीय सामग्रीहरुको र प्रविधिको बारेमा बुझ्नका लागि सही भएको बताए। उनिहरुले नयाँ प्रविधिका सामग्रीहरु सस्तो मूल्यमा पाइने बताए  ।

यता, मेलामा स्टल राखेर बसेका व्यवसायीहरु भने नयाँ प्रविधिका बारेमा बुझ्नका लागि मेला उपयुक्त हुने बताउँछन् । एकै छानामुनि विभिन्न १५० भन्दा बढी कम्पनीहरुका सामानहरुको बारेमा जानकारी लिनु पनि उपभोक्ताहरुका लागि राम्रो हुने बताए । प्रिमियर वायर्सका केबल डिपार्टमेण्टसका सेल्स म्यानेजर कृष्ण लामिछानेले व्यापार प्रवद्र्धनका लागि जानकारी दिनका लागि मेला आयोजना गरेको बताए । उनले आवश्यक उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको बताएका छन् । यता प्रिमियर स्टिलका ब्राण्ड म्यानेजर सजल राउतले उपभोक्ता र व्यवसायी बीचको ग्यापलाई मेलाले पूरा गर्ने लक्ष्यसहित स्टल राखेर मेलामा सहभागिता जनाएको बताएका छन्  । व्यवसायी प्रितम सुवेदीले नेपालमा उत्पादित विद्युतीय सामग्रीहरुको बारेमा र अन्य देशबाट ल्याइएका नयाँनयाँ सामग्रीहरुको बारेमा जानकारी गराउन मेलामा सहभागिता जनाएको बताए  ।

शुक्रवारदेखि तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी जारी छ । शुक्रबार (भदौ २१ गते) देखि शुरु भएको प्रदर्शनी आईतवारसम्म चल्नेछ । मेलामा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको व्यवसायीहरु बताउँछन् ।


प्रकाशित मिति: २३ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?