Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीः अर्थतन्त्र चलायमान हुने व्यवसायी र उपभोक्ताको विश्वास


काठमाडौं। एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकन कर्ताहरुले बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ २१ गतेबाट शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकनका लागि पुगेका उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले होलसेलर र ठूला कम्पनीहरुका लागि मेला अझ बढी उपयुक्त हुने बताए । यस्ता मेलाले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र प्रविधिको जानकारी मिल्ने उनीहरु बताउँछन् । मेलामा नयाँनयाँ सामग्रीहरु पाएको बताए । यस्ता मेला भइरहे जानकारी लिनका लागि सहयोग पुग्ने बताए । मेलामा विज्ञा प्रविधिको नयाँनयाँ सामग्रीहरु पाएको बताए । अवलोकनका लागि पुग्नुभएका हरिकृष्ण तिवारी, चन्द्रमणि श्रेष्ठ, गौरीशंकर यादवले विभिन्न विद्युतीय सामग्रीहरुको र प्रविधिको बारेमा बुझ्नका लागि सही भएको बताए। उनिहरुले नयाँ प्रविधिका सामग्रीहरु सस्तो मूल्यमा पाइने बताए  ।

यता, मेलामा स्टल राखेर बसेका व्यवसायीहरु भने नयाँ प्रविधिका बारेमा बुझ्नका लागि मेला उपयुक्त हुने बताउँछन् । एकै छानामुनि विभिन्न १५० भन्दा बढी कम्पनीहरुका सामानहरुको बारेमा जानकारी लिनु पनि उपभोक्ताहरुका लागि राम्रो हुने बताए । प्रिमियर वायर्सका केबल डिपार्टमेण्टसका सेल्स म्यानेजर कृष्ण लामिछानेले व्यापार प्रवद्र्धनका लागि जानकारी दिनका लागि मेला आयोजना गरेको बताए । उनले आवश्यक उपभोक्ताहरुको उल्लेख्य उपस्थिति रहेको बताएका छन् । यता प्रिमियर स्टिलका ब्राण्ड म्यानेजर सजल राउतले उपभोक्ता र व्यवसायी बीचको ग्यापलाई मेलाले पूरा गर्ने लक्ष्यसहित स्टल राखेर मेलामा सहभागिता जनाएको बताएका छन्  । व्यवसायी प्रितम सुवेदीले नेपालमा उत्पादित विद्युतीय सामग्रीहरुको बारेमा र अन्य देशबाट ल्याइएका नयाँनयाँ सामग्रीहरुको बारेमा जानकारी गराउन मेलामा सहभागिता जनाएको बताए  ।

शुक्रवारदेखि तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी जारी छ । शुक्रबार (भदौ २१ गते) देखि शुरु भएको प्रदर्शनी आईतवारसम्म चल्नेछ । मेलामा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको व्यवसायीहरु बताउँछन् ।


प्रकाशित मिति: २३ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?