Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

उद्योग वाणिज्य महासंघद्वारा पलेशालाई ३ लाख नगदसहित सम्मान


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताएका छन् ।

शुक्रवार महासंघको कार्यालयमा पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई महासंघको तर्फबाट सम्मान गर्दै गोवद्र्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो । उनले पेरिस ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल पलेशालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने बताएका छन् । पलेशाको जितले खेलकुद क्षेत्रमा र खेल क्षेत्रमा लाग्ने खेलाडीको लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘गौरव बढाउनका लागि पहिलो पटक ६० वर्षको इतिहासमा पहिलो पटक पदक प्राप्त भएको छ । धेरै धेरे बधाई छ, निजी क्षेत्रको तर्फबाट । प्रशिक्षकज्यु जो हुनुहुन्छ, आउने दिनमा यहाँको प्रशिक्षण उहाँ जस्ता अझ धेरै खेलाडीहरुलाई पदक दिन अझ प्रेरणा मिल्नेछ । यस्तो प्रतिभालाई हरेक निजी क्षेत्रका संस्था र निजी क्षेत्रले सम्मान गर्नुपर्छ । प्रोत्साहनका प्रयास भइराखोस् । नेपाल र नेपालीको शिर उँचो राख्नलाई पदक जित्ने काम गर्नुभयो, यसले खास गरी खेलकुद क्षेत्रमा र खेल क्षेत्रमा लाग्ने खेलाडीको लागि प्रेरणा दिनेछ । आन्तरिक र वाह्य रुपमा आउने दिनमा अझ पदक प्राप्त गर्न र खेल क्षेत्रमा लाग्न प्रेरणा मिलोस् । यस्ता किसिमका प्रतिभालाई प्रोत्साहन गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दछु ।’

सम्मान ग्रहण गर्दै पलेशाले ओलम्पिकको पहिलो मेडल जित्न पाएकोमा खुशी लागेको बताइन् । उनले पदक जितेसँगै आफूले एउटा उद्देश्य पूरा गरेको महशुस गरेको र सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक जित्ने बताएकी छिन्। उनले प्रयास गरे असम्भव केही नभएको बताइन् । पहिला नै राज्यले हेरेको भए आफूले गोल्ड मेडल नै जित्ने दाबीसमेत गरिन् ।
उनले भनिन, ‘ओलम्पिकको पहिलो मेडल हो । यसमा म पनि धेरै खुशी छ । मैले मेरो एउटा उद्देश्य पूरा गरेको छु जस्तो लागेको छ । सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक ल्याउनेछु भन्ने आशावादी छु । प्रयास गर्दा केही असम्भव छैन । पहिला नै राज्यले हेरेको भए हामीले गोल्ड नै ल्याउने थियौँ होला । एउटा असम्भव कुरालाई सम्भव गरेर देखायौँ । अझ पनि भन्नेछु म प्रयास गर्नेछु ।’

महासंघले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि सम्मान गरेको छ ।


प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?