Trending
>>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल >>   अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन् >>   राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल >>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी >>   २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ >>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा >>   पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँः सभापति देउवा
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरेः मन्त्री अधिकारी


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाउनुभएको छ ।

बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको उल्लेख गरे । उनले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताएका छन् । उनले कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दाबी गर्दै मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताएका छन् ।

मन्त्री अधिकारीले सरकारले सहकारी पीडितसँग भएको ८ बुँदे सहमतिमा सरकारले ७ वटा काम थालनी गरेको बताउदै सहकारीको समस्या समाधान गर्न पीडित वचतकर्ता र सहकारीको अगुवासँग सरकारले छलफल गरिरहेको बताए । उनले सहमति भएकामध्ये आयोग गठन गर्ने काम सरकारले गरेको भन्दै सरकारले आयोग गठन गर्दा अर्को गठन गर्न कानूनी रुपमा समस्या भएको बताएका छन्। उनले सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको भन्दै ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने बताएका छन् ।

उनले सहकारीमा अहिलेको समस्या आउनु भन्दा पहिला नै ७ वटा भन्दा बढी सहरकारीहरुमा समस्या परेको भन्दै आफू मन्त्री भएर आएपछि जम्मा २ वटा सहकारी संस्था मात्रै समस्याग्रस्त घोषणा गरेको बताए। उनले सरकारले ऋण असुली न्यायाधिकरण,कर्जा सूचना केन्द्रका विषयमा काम गरिरहेकोबताएका छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?