Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्नः मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?


काठमाडाैं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो सो आपत्ति जनाएका हुन्। उनले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताए । उनले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत नहुने बताएका छन् । उनले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताएका छन् । उनले अहिलेको गठबन्धन रातमा कहाँ गर्यो? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गरेका छन् ।

उनले भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरेको भन्दै सुनकाण्ड कहाँ गयो ? कति जना जेलमा छन् भन्दै प्रश्न गरे । उनले नेताहरुकै कारणबाट यो देश यहाँसम्म आइपुगेको बबताउदै स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?