Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

लेखासमितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थ समितिमा उजुरी


काठमाडाैं । सार्वजनिक लेखासमितिले धितोपत्र बोर्डलाई दिएको निर्देशन विरुद्ध अर्थसमितिमा उजुरी परेको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै समिति सभापति सन्तोष चालिसेले जानकारी दिएका छन् । उनले सार्वजनिक लेखासमितिले २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई प्रतिशेयर नेटवर्थ ९० भन्दाबढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आइपिओ) जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशन विरुद्ध समितिमा उजुरी परेको बताए । उनले लेखा समितिले धितोपत्र बोर्डलाई ९० भन्दा कम नेटवर्थ भएको कम्पनीलाई आईपिओ निष्कासन गर्न रोक लगाउन निर्देशन दिएकाले पुँजीबजार तथा लगानीकर्तामा ठूलो निराशा छाएको भन्दै समितिमा उजुरी परेको बताउनु भयो । उहाँले धितोपत्र बोर्ड अर्थ समितिको कार्यक्षेत्रभित्र पर्ने भएका कारण यस विषयमा छलफल गर्न आवश्यक देखिएको बताउनु भयो ।

सार्वजनिक लेखा समितिले प्रिमियममा आईपिओ जारी गर्न दिँदा बोर्डको तजबिजी अधिकार प्रयोग भएको र पछिल्लो समय बजारमा लगानीकर्ताको प्रतिष्पर्धाबाट मूल्य निर्धारण गरिने ‘बुक बिल्डिङ’ प्रक्रिया अन्तर्राष्ट्रिय अभ्यासको रुपमा रहेको लेखासमितिको निर्देशन थियो ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?