Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

माओवादीलाई काँग्रेस सांसद ढुंगानाको जवाफः यो परिवर्तन तपाईंको बन्दुकले आएको होइन


काठमाडाैं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी) केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताएका छन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा उनले साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र ? भन्दै माओवादी सांसलाई प्रश्न गरे । उनले बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि मात्रै देशमा गणतन्त्र आएको बताए। उनले शान्तिपूर्ण आन्दोलनले नै देशमा गणतन्त्र आएको बताएका छन् । उनले काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाको सुझबुझपूर्ण कार्यले नै सबै राजनीतिक दलहरु एक भएपछि देशमा परिवर्तन आएको बताएका छन् ।

उनले भने, ‘जहाँसम्म अहिले एक जना मित्रले भन्नुभयो, संघर्ष गर्नुभयो तपाईंले । गर्नु भएन होला भन्नेकुरा भएन । तर तपाईंले गरेको यो संघर्षबाट नेपाली जनतालाई के भयो ? के पीडा भयो ? त्यो त थियो नि । अहिलेको परिस्थितिसम्म पु¥याउँदै गर्दा नेपाली काँग्रेसको जुन योगदान छ, नेपाली काँग्रेसले जुन किसिमबाट संघर्ष अघि बढाएर लग्यो । सात दल अनि जुन दलहरुको विचार मिल्दैन थियो, त्यो सम्पूर्ण दलहरुको विचारलाई एक ठाउँमा उभ्याएर राष्ट्र, लोकतन्त्रका लागि, प्रजातन्त्रका लागि एक ठाउँमा उभ्याएर तत्कालीन सभापति गिरिजाप्रसाद कोईराला अघि बढ्नुभयो । जसले गर्दा यो परिवर्तन भयो । साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र ? तपाईंले पनि त्यो बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आउनुपर्यो र त्यो शान्तिपूर्ण आन्दोलनले यो देशमा परिवर्तन ल्यायो । त्यो शान्तिपूर्ण आन्दोलनले देशमा गणतन्त्र ल्यायो ।’

सांसद ढुंगानाले देशको परिवर्तनमा सदैव नेपाली काँग्रेसको नेतृत्व रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?