Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

माओवादीलाई काँग्रेस सांसद ढुंगानाको जवाफः यो परिवर्तन तपाईंको बन्दुकले आएको होइन


काठमाडाैं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी) केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताएका छन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा उनले साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र ? भन्दै माओवादी सांसलाई प्रश्न गरे । उनले बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि मात्रै देशमा गणतन्त्र आएको बताए। उनले शान्तिपूर्ण आन्दोलनले नै देशमा गणतन्त्र आएको बताएका छन् । उनले काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाको सुझबुझपूर्ण कार्यले नै सबै राजनीतिक दलहरु एक भएपछि देशमा परिवर्तन आएको बताएका छन् ।

उनले भने, ‘जहाँसम्म अहिले एक जना मित्रले भन्नुभयो, संघर्ष गर्नुभयो तपाईंले । गर्नु भएन होला भन्नेकुरा भएन । तर तपाईंले गरेको यो संघर्षबाट नेपाली जनतालाई के भयो ? के पीडा भयो ? त्यो त थियो नि । अहिलेको परिस्थितिसम्म पु¥याउँदै गर्दा नेपाली काँग्रेसको जुन योगदान छ, नेपाली काँग्रेसले जुन किसिमबाट संघर्ष अघि बढाएर लग्यो । सात दल अनि जुन दलहरुको विचार मिल्दैन थियो, त्यो सम्पूर्ण दलहरुको विचारलाई एक ठाउँमा उभ्याएर राष्ट्र, लोकतन्त्रका लागि, प्रजातन्त्रका लागि एक ठाउँमा उभ्याएर तत्कालीन सभापति गिरिजाप्रसाद कोईराला अघि बढ्नुभयो । जसले गर्दा यो परिवर्तन भयो । साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र ? तपाईंले पनि त्यो बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आउनुपर्यो र त्यो शान्तिपूर्ण आन्दोलनले यो देशमा परिवर्तन ल्यायो । त्यो शान्तिपूर्ण आन्दोलनले देशमा गणतन्त्र ल्यायो ।’

सांसद ढुंगानाले देशको परिवर्तनमा सदैव नेपाली काँग्रेसको नेतृत्व रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?