Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइनः भारतका लागि प्रश्तावित राजदुत शर्मा


काठमाडौं । भारतका लागि प्रश्तावित राजदुत डा. शंकर शर्माले प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी) र सीमाको राजदुत तहमा छलफल गर्ने विषय नभएको बताएका छन् ।

आईतवार संसदीय सुनुवाईका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भारतका लागि पूर्वराजदुत समेत रहनुभएका उनले ईपीजी र सीमाको विषय आफूहरुको लेभलभन्दा माथि गईसकेको टिप्पणी गरेका छन् । ८ वटा भन्दा उच्चस्तरीय भेटघाट भईसकेकाले ती दुवै विषय राजदुतको लेवलभन्दा धेरै माथि गईसकेको प्रश्तावित राजदुत शर्माको स्पष्टिकरण थियो ।
उनले नेपालले सो ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा समेत राखेका छन् । ईपीजी भारतले नबुझेको कुरालाई नेपालले लिईरहे आर्थिक सहकार्यका अरु कामहरु अघि नबढने आफूलाई लागेको पनि प्रस्तावित राजदुत शर्माको बुझाई थियो । उनले दुई मुलुकबीचको ईपीजी र सीमा समस्याको विषयमा एकपछि अर्को गर्दै समाधान गर्दै जानुपर्ने बताएका छन् ।

प्र्रश्तावित राजदुत शर्माले भने, ‘चाहे ईपीजीको कुरा होस, चाहे बाउण्ड्रको कुरा होस् । किनभने ईपीजी र बाउण्ड्री भन्नेकुरा मेरो लेवलभन्दा धेरै माथि गईसक्यो । मैले अघि नै भनेँ–८ वटा हाईलेवलको भिजिट भईसक्यो । तर त्यो हुँदाहुँदै पनि ईपीजी भित्रका हामी के गर्नसक्छौ त ? त्यो कुराहरु हामी गरौँन । त्यसैमा मात्रै किन अडेकेर बसौं ? त्यहाँ अड्केर बस्ने हो भने हामी अरु इकोनोमिक कोअपरेशनका कामहरु पनि गर्न सक्दैनौं होला भनेर मैले त्यसलाई पनि पुस गर्दै जाने हो । तर त्यहाँ भएका सीमाका डिफिकल्टिजहरु । यी कुराहरुलाई पनि एक एक गरेर गरौ भन्ने मेरो चाँही उद्देश्य त्यही नै हो ।’

प्रश्तावित राजदुत शर्माले आफूले यस अघि भारतको राजदुतको रुपमा रहँदा विद्युत खरिद सम्झौताका लागि बंगलादेशसहितको त्रिदेशीय विद्युत निर्यात सम्झौतामा महत्वपूर्ण भुमिका निर्वाह गरेको दाबी समेत गरेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?