Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइनः भारतका लागि प्रश्तावित राजदुत शर्मा


काठमाडौं । भारतका लागि प्रश्तावित राजदुत डा. शंकर शर्माले प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी) र सीमाको राजदुत तहमा छलफल गर्ने विषय नभएको बताएका छन् ।

आईतवार संसदीय सुनुवाईका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भारतका लागि पूर्वराजदुत समेत रहनुभएका उनले ईपीजी र सीमाको विषय आफूहरुको लेभलभन्दा माथि गईसकेको टिप्पणी गरेका छन् । ८ वटा भन्दा उच्चस्तरीय भेटघाट भईसकेकाले ती दुवै विषय राजदुतको लेवलभन्दा धेरै माथि गईसकेको प्रश्तावित राजदुत शर्माको स्पष्टिकरण थियो ।
उनले नेपालले सो ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा समेत राखेका छन् । ईपीजी भारतले नबुझेको कुरालाई नेपालले लिईरहे आर्थिक सहकार्यका अरु कामहरु अघि नबढने आफूलाई लागेको पनि प्रस्तावित राजदुत शर्माको बुझाई थियो । उनले दुई मुलुकबीचको ईपीजी र सीमा समस्याको विषयमा एकपछि अर्को गर्दै समाधान गर्दै जानुपर्ने बताएका छन् ।

प्र्रश्तावित राजदुत शर्माले भने, ‘चाहे ईपीजीको कुरा होस, चाहे बाउण्ड्रको कुरा होस् । किनभने ईपीजी र बाउण्ड्री भन्नेकुरा मेरो लेवलभन्दा धेरै माथि गईसक्यो । मैले अघि नै भनेँ–८ वटा हाईलेवलको भिजिट भईसक्यो । तर त्यो हुँदाहुँदै पनि ईपीजी भित्रका हामी के गर्नसक्छौ त ? त्यो कुराहरु हामी गरौँन । त्यसैमा मात्रै किन अडेकेर बसौं ? त्यहाँ अड्केर बस्ने हो भने हामी अरु इकोनोमिक कोअपरेशनका कामहरु पनि गर्न सक्दैनौं होला भनेर मैले त्यसलाई पनि पुस गर्दै जाने हो । तर त्यहाँ भएका सीमाका डिफिकल्टिजहरु । यी कुराहरुलाई पनि एक एक गरेर गरौ भन्ने मेरो चाँही उद्देश्य त्यही नै हो ।’

प्रश्तावित राजदुत शर्माले आफूले यस अघि भारतको राजदुतको रुपमा रहँदा विद्युत खरिद सम्झौताका लागि बंगलादेशसहितको त्रिदेशीय विद्युत निर्यात सम्झौतामा महत्वपूर्ण भुमिका निर्वाह गरेको दाबी समेत गरेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?