Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छः महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताएका छन्  ।

आईतवार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् केन्द्रिय महिला विभागद्वाार आयोजित सामाजिक रुपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रममा बोल्दै उनले  सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताएका छन्।

उनले अहिले कमाईको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताउदै उनले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्नेकुरा स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा नभएको बताएका छन् । उनले यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको बताए  । उनले देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताएका  छन्  ।

चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरु स्वदेशमै उत्पादित हुनुपर्ने बताउदै उनले  देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्नेकुरा संस्कृति विपरितको कार्य भएको बताए । भगवानलाई पनि आफूले उत्पादन गरेको कुराहरु नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको बताएका छन् ।
उनले भने, ‘नेपालको आफ्नै उत्पादन आधारित किनबेच हुन्छ भने त्यसले अर्थतन्त्र बलियो बनाउँछ । तर आज हामी के गरिरहेका छौँ, सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने । कमाईको मुख्य श्रोत बनेको छ मान्छे बाहिर पठाएर श्रम बेचेर कमाइ गर्ने, सामान किनेर खर्च गर्ने । भन्दाखेरि हाम्रो समाजको जुन प्रकारको ढाँचामा गइरहेका छौँ, यो ढाँचा हाम्रो स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा हो की होइन ? भन्दा, होइन । यसले हाम्रो देशलाई कमजोर बनाइरहेको छ । खोक्रो बनाइरहेको छ । त्यसअर्थमा देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्ने हो भने चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउँछ । हाम्रो पूजा कोठामा प्रयोग गर्ने सामानहरु भारत, चीनबाट ल्याएको सामान प्रयोग गर्नेकुरा संस्कृति विपरित कार्य हो भन्ने बुझाउन सकियो भने राम्रो हो । हाम्रै उत्पादन चढाउने, भगवानलाई । हाम्रो चाडपर्वहरुको मक्सद आफूले गरेका उत्पादनहरुको पहिलो भोग भगवानलाई दिने भनेको हो । संस्कृतिको आधार त्यो हो ।’

महासचिव पोखरेलले सही विचार संप्रेषण गर्नसके समाज रुपान्तरण हुने बताएका छन्  ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?