Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छुः चीनका लागि प्रश्तावित राजदुत ओली


काठमाडौं । चीनका लागि प्रश्तावित राजदुत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।

सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदुतको रुपमा आफ्नो भुमिका हुने उनको कार्ययोजना थियो । आईतवार संसदीय सुनुवाईको क्रममा प्रश्तावित राजदुत ओलीले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राखेका छन् ।

उनले चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले चीनमा २१ प्रतिशत बुद्धिष्टहरु रहेको उल्लेख गर्दै प्रस्तापवित राजदुत ओलीले उनीहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताएका छन्। तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदुत हुनेबित्तिकै पहल गर्ने पनि प्रश्तावित राजदुत ओलीको भनाई थियो ।

उनले भने, ‘अब बीआरआईमा हामी कसरी जाने भनेर नेपाल सरकारको जुन निर्णय हुन्छ । त्यही अनुसार राजदुतले अघि बढ्ने हो । त्यसकारणले गर्दा हामीले ट्रान्स हिमालयन कनेक्टिभिटीको तर्फबाट बीआरआईमा नगएर ट्रान्स हिमालयन कनेक्टिभिटीलाई टेकेर पनि हामो कनेक्टिभिटी बढाउन सक्छौं । त्यसमा पहल गर्ने । त्यो एउटा भयो । चीनमा २१ प्रतिशत बुद्धिस्टहरु रहेका छन् । अब ती पर्यटकहरुलाई भित्र्याउनका लागि यी अघि मैले भनेका जति पनि कुराहरु छन् । त्यसमा म दत्तचित्त भएर लागेर प्रयत्नशील रहनेछु । अब भन्सार संचालन गर्ने अर्को महत्वपूर्ण कुरा छ । तातोपानी भन्सार नियमित रुपमा सञ्चालन गर्ने विषयमा चिनियाँ सरकारसँग तत्काल कुरा गर्नेछु ।’

राजदुत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकहरुले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताएका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?