Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैनः अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय शतर्कता केन्द्रले अनुगमन गर्नेगरी सरकार अघि बढे अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रको अनुगमन र निरीक्षण अीख्तयार र शतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताएका छन् ।

उनले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी रहेको बताएका छन् । उनले रेमिट्यान्सहरु बढेको र विदेशी मुद्रा सञ्चिती पनि बढेको बताए । उनले मौद्रिक नीतिपछि शेयर बजार बढिरहेको र घरजग्गाको कारोबार बढेको बताउदै अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको भन्दै यसलाई दिगो बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘अख्तियार र शतर्कता केन्द्र सम्बन्धी विषयमा त्यसमा पनि निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने हिसावले राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई हेरिराखेको छ । भोलि अख्तियारको दायरामा सिधै हेर्ने बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्टर बैंकको रेगुलेटरको भुमिका नियन्त्रण हुन्छ । निजी क्षेत्रलाई फेरि उसमा गराउन खोजियो भने सारा यो अर्थतन्त्र चलायमान बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने दायित्व छ, कर बढाउनुपर्ने कुरा जुन क्रियाकलाप बढाउनुपर्नेछ, त्यो खुम्चिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी भएको अवस्था छ । रेमिट्यान्सहरु बढेर आएको छ । फरेन करेन्सीको रिजर्भ त्यत्तिकै बढेको छ । मौद्रिक नीतिपछि शेयर मार्केटको एक्टिभिटी बढेको छ । घरजग्गाको कारोबार पनि यो बीचमा बढेको छ । पोजिटिभ हिसावले अघि बढिरहेको छ । यसलाई दिगो बनाउने हिसावले अघि बढ्नुपर्छ ।’

सरकारले काम लगाएपछि तत्काल भुक्तानी दिन्छ भन्ने सन्देश दिनसके अन्य अर्थतन्त्र चलायमान बनाउने क्रियाकलाप बढ्ने बताए । सीमाको कडाई गर्नुपर्ने कुरामा सरकारले बढी प्राथमिकता दिनुपर्ने बताउदै उनले भारतीय पर्यटकलाई सीमामा सहजता प्रदान गर्नसके पर्यटन क्षेत्रमा पनि राम्रो गर्न सकिने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?